२०८३ कार्तिक २३ गते आईतबार

वर्षमान पुनको टिप्पणीः बजेटमा स्वार्थ समूहको प्रभाव देखियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
barsaman

काठमाडौंः पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आर्थिक वर्ष ०८२÷०८३ का लागि सरकारले संघीय संसदमा प्रस्तुत गरेको बजेट सत्तारुढ गठबन्धनका दलहरूकै घोषणापत्र र नीति प्रतिबद्धता विपरीत भएको बताएका छन्।

मंगलबार राजधानीमा ‘बजेट कसका लागि ?’ शीर्षक पोष्टबजेट छलफलमा बोल्दै पुनले बजेटमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको दल एमालेभन्दा नेपाली कांग्रेसको नीति र प्रभावको बढी झल्को देखिएको टिप्पणी गरे।

उनका अनुसार गठबन्धन सरकारको नेतृत्वकर्ता एमालेका बजेटीय दृष्टिकोणभन्दा फरक ढंगले बजेटमा काँग्रेसको बजारमुखी र उदार आर्थिक धार प्रमुख रूपमा अभिव्यक्त भएको छ। पुनले मध्य गर्व र तल्लो वर्गलाई उपेक्षा गरिएको यो वर्षको बजेट उच्च वर्ग र ठूला व्यवसायिक घरानाको हितअनुकूल बनेको दाबी गरे। ‘बजेटले माथिल्लो वर्गलाई खुसी बनाएको देखिन्छ’, उनले भने, ‘जनताको आवश्यकता र सत्तारुढ दलका चुनावी घोषणापत्रमा प्रतिबद्धता बजेटमा कतै देखिँदैन।’

पुनले बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहहरूको प्रभाव अत्यधिक बढेको समेत बताए। नीतिगत निर्णयमा दबाब सिर्जना गर्दै कर छुट, कर संरचना, तथा विनियोजनमा बिचौलिया र स्वार्थ समूहको हस्तक्षेप स्पष्ट देखिएको उल्लेख गरे।

बजेटलाई प्राविधिकभन्दा राजनीतिक दस्तावेज भएकाले यस्ता हस्तक्षेपले जनता केन्द्रित हुनेपर्ने राज्यको नीति र उद्देश्य नै कमजोर बनाउने खतरा उनले औंल्याए। ‘राज्य सञ्चालन पहिलाको जस्तो अपारदर्शी गर्न अहिलेको समयमा सम्भव छैन । आजको युगमा यस्ता चलखेल जनताले बुझ्न सक्छन्’, उनले भने, ‘बजेटलाई जनताले तिरेको करको पैसाबाट निर्माण गरिएको साझा सम्पत्ति सम्झनुपर्छ, व्यक्तिगत सम्पत्ति होइन।”

पूर्वअर्थमन्त्री पुनले यस पटकको बजेट एमालेको परम्परागत नीति धारभन्दा पृथक भएको उल्लेख गरे। एमालेले विगतमा सामाजिक सुरक्षा र निम्न तथा मध्यम वर्गमुखी कार्यक्रमलाई प्राथमिकता दिने गर्थ्यो,” उनले भने, ‘तर अहिले ती वर्गलाई छोडेर माथिल्लो वर्गलाई लाभ हुने नीतिमा अघि बढेको देखिन्छ।’

बजेटले पछाडि परेका वर्गलाई मूलधारमा ल्याउने र प्रतिस्पर्धी वर्गलाई सशक्त बनाउने उद्देश्य बोक्नुपर्नेमा त्यसो हुन नसकेको उनको टिप्पणी थियो।
‘औचित्य, पारदर्शिता, सहभागिता र व्यावसायिकताको सिद्धान्तमा आधारित बजेट निर्माण आजको आवश्यकता हो’, पुनले भने, ‘नत्र जनताको करको पैसा व्यक्तिगत र दलगत हितमा खर्च हुने खतरा अझ गहिरिँदै जान्छ।’

फरक प्रसंगमा पुनले संघीय सरकारले अधिकार मुठ्याएर राख्दा प्रदेश तह संरचनागत रूपमा कमजोर रहेको बताए। संघीय निजामती र शिक्षाजस्ता कानुन निर्माणमा बिलम्ब भएका कारण संघीयता कमजोर बन्ने खतरा रहेको औंल्याउँदै उनले संवैधानिक अभ्यासलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

प्रकाशित: २०८२ असार ३ गते मङ्गलबार ०५:५८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना