२०८३ कार्तिक १७ गते सोमबार

खानाको स्वाद, शैली र सृजनशीलतामा ‘सन्तोष’

 |  कमलकुमार बस्नेत
Sanket

कमलकुमार बस्नेत

काठमाडौँ, असार १२
santosh-shah

काठमाडौं- बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदैछन्। त्यसपछि उनको जर्मनी जाने तालिका छ। केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आएका उनको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ। जुलाईमा हुने अमेरिका भ्रमण उनको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो।

सन् २०२१ मा बिबिसी मास्टर सेफ भएपछि लण्डनबाट सुरू भएको उनको यो यात्रा अहिले विभिन्न देशमा फैलिँदो छ। नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उनलाई अहिले विभिन्न देशमा जान भ्याइनभ्याइ छ।

बिबिसी मास्टर सेफ जितिसकेपछि संसारभर उनको वाहवाही चुलियो। उनले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो। धेरैले उनले बनाएको खानाको स्वाद लिन चाहन्थे। त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो। यो उनको पहिलो ‘पप–अप’ थियो।

“म बिबिसी मास्टर सेफ भएपछि धेरैले खोजी गर्न थाले, म त्यो समयमा इन्डियन रेष्टुरेन्टमा काम गर्थें, रेष्टुरेन्टको मेन्युमा नेपाली परिकार थिएनन्, त्यसैले लण्डनमै कार्यक्रम आयोजना गरिएको थियो”, सेफ साहले भने। उनको माग यति थियो कि उक्त कार्यक्रमको टिकट बिक्री खुलाएको दुई घण्टामै ‘सोल्डआउट’ भयो।

उक्त पप–अप विभिन्न मितिका लागि आयोजना गरिएको थियो। एउटा कार्यक्रममा औसतमा २० देखि २२ जनाका लागि मात्रै सहभागी गराइएको थियो। चार महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि राखिएका ६०० टिकट निमेषभरमै सकियो।

लण्डनको कार्यक्रम सकेपछि सोही वर्ष स्कटल्याण्डबाट पप–अपका लागि निम्तो आयो। स्कटल्याण्डमा नेपाली समुदायले नेपाली रेष्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेका थिए। सेफ साहले त्यहाँ पनि आफ्नो पाककलाको कौशल पस्किए।

त्यसको केही समयपछि मास्टर सेफका चार जना विजेताका लागि लण्डनमै विशेष कार्यक्रम आयोजना गरियो। सबैका दुई–दुई कोर्स हुने गरी आठ कोर्सको मेन्यु बनाइएको थियो। लगातारका कार्यक्रमले उनको चर्चा अझ चुलियो। विभिन्न देशबाट पप–अप कार्यक्रमका लागि माग आउन थाल्यो। साहलाई लाग्यो, नेपाली खानालाई विश्वभर फैलाउने यो उपयुक्त माध्यम बन्न सक्छ।

त्यसपछि साहले आफ्नो पाककलालाई एउटा होटल वा रेष्टुरेन्टमा मात्रै सीमित नराखी विश्व यात्रालाई निरन्तरता दिने योजना बनाएका थिए। तत्कालीन समयमा उनले नेपालमै मिथिला थालीका नाममा रेष्टुरेन्ट सुरू गरेर यतै व्यवसाय गर्ने सोच बनाए पनि नेपाली खानालाई विश्वभर प्रवर्द्धनको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच बनाएका थिए।

उनले सन् २०२२ मा जर्मनी र स्वीट्जरल्याण्डमा पप–अप कार्यक्रम आयोजना गरे। अमेरिकामा पहिलो पटक जाँदा १४ ठाउँमा पप–अप आयोजना गरिएको थियो। जसमा सुरूआतमै सबै टिकट सोल्डआउट भएका थिए। यही सिलसिलामा साहले अष्ट्रेलियाका चार वटा र न्यूजिल्याण्डका पाँच सहरमा पप–अप कार्यक्रम सम्पन्न गरे। अब भने उनको तालिकामा क्यानडा र जापनमा पप–अप कार्यक्रम बनिरहेको छ।

नेपाली खाना पकाउँदै विश्व यात्रा सुरू गरेका साहले नेपालमा पनि निजी स्तरमा पप–अप आयोजना गरिरहन्छन्। केही समय अघि नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीको वैवाहिक वार्षिकोत्सव र अर्को चौधरीका पाहुनाका लागि मिथिला थालीमै विशेष पप–अप आयोजना गरेका थिए। “समयले भ्याएसम्म नेपालमै पनि पप–अप सो आयोजना गरिरहेको हुन्छु, विभिन्न संस्था तथा व्यक्तिका लागि केही कार्यक्रम आयोजना भइसकेका छन्”, सेफ साहले भने।

उनले च्यारिटीका लागि पनि पप–अप गरेका छन्। स्वीट्जरल्याण्डमा विदेशीहरूमाझ गरिएको च्यारिटी पप–अपबाट सङ्कलन भएको रकम नेपालमा ल्याएर बोल्न र सुन्न नसक्नेहरूका लागि खर्च गरिएको थियो। उक्त रकमले पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकाहरूलाई हस्पिटालिटीसम्बन्धी तालिम दिइएको थियो। त्यसबाहेक उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणका लागि पनि गेट कलेज र पाटाको सहकार्यमा अन्नपूर्ण होटलमा पप–अप आयोजना गरिएको थियो। जसमा २०० भन्दा बढी मानिसहरू थिए। त्यसबाट सङ्कलत भएको रकम अस्पतालको क्यान्टिन निर्माणमा खर्चिएको थियो।

साहका अनुसार उनको विश्व यात्राका क्रममा ठाउँअनुसार मेन्यु पनि आवश्यकताअनुसार परिवर्तन भइरहन्छ। तर नेवारी परिकार वः अर्थात् बारा र साँधेको भोगटे भने कहिल्यै नछुट्ने परिकारमा पर्छन्। यात्राका क्रममा उनलाई आउने अधिकांश प्रतिक्रियामध्ये एउटा हो, नेपाली खाना पस्कने उनको शैली। “नेपाली खानालाई पनि यति धेरै ‘क्रियटिभ’ र मीठासले तरिकाले सर्भ गर्न सकिने रहेछ भनेर आश्चर्य मान्नुहुन्छ”, साहले भने, “मैले नेपालमा भएका विभिन्न खानालाई आधुनिक टचअप दिएको हुन्छु, नयाँ शैलीमा पुरानै स्वाद चाख्न पाउँदा उहाँहरू निकै हर्षित हुनुहुन्छ।”

साहले बनाएको जुजु धौ (दही)को परिकारलाई धेरैले मन पराएका छन्। जुजु धौमा स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूल उमालेको पानी, जाम र जेरी क्रम्बल गरिएको बेक्ड जुजुधौ अधिकांशले मन पराउने परिकारमा पर्छ। साथै भाङको पातको पकौडा पनि धेरैले मन पराएका छन्। भाङको पातको पकौडामा डल्ले खुर्सानी, चाट मसला मिश्रण गरिएको हुन्छ। त्यसैगरी मासको  दाल, याक चिज मिसाइएको काँचो केराको फुलौरा पनि साहको उत्कृष्ट परिकारमा पर्छ।

विश्व यात्राका दौरानमा अमेरिकामा आयोजना भएको ममः महोत्सवमा उनले बनाएको कोदोको खिर खानेहरूले मुक्तकण्ठले साहको प्रसंशा गरेको सम्झाना साहलाई अझै ताजा छ। उनले अधिकांश स्थानमा १० देखि १७ कोर्ससम्मको मेन्यु बनाउँछन्। नेवारी, मधेसीलगायतका खानालाई आधुनिक ‘फ्लेवर’ दिएर ‘सर्भ’ गर्छन्।

प्रकाशित: २०८२ असार १२ गते बिहिबार ११:५५
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना