२०८३ कार्तिक १७ गते सोमबार

शिक्षा विधेयक : देउवा भेटेपछि किन ब्याक भए शिक्षामन्त्री?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
raghuji_pant

काठमाडौँ- शिक्षा तथा स्वास्थ्य समितिको बैठकका लागि सोमवार बिहान ८ बजे बोलाइएका शिक्षामन्त्री रघुजी पन्त दिउँसो ४ बजे मात्र पुगे। आफू परामर्शमा रहेको भन्दै समितिका सांसदहरूलाई मन्त्री पन्तले सांसदहरूलाई कुराएका थिए।

४ बजे बैठकमा आइपुगेका शिक्षामन्त्री रघुजी पन्तले विधेयकको तयारी गर्न आफूलाई केही दिन समय लाग्ने भएकाले केही दिन समय माग गरे।

मन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय मागेपछि समिति सभापति अम्मरबहादुर थापाले सोमबार बैठक स्थगित गरेदिए। विधेयक समितिमा नै अड्कियो।

समितिको बैठकमा उपस्थित हुनुपर्ने बेला मन्त्री पन्त परामर्शमा थिए। घरि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग परामर्श गर्दथे त घरि शिक्षक महासंघका पदाधिकारीहरूसँग कुराकानी गर्दथे।

यही बीचमा मन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सानेपा पुगेका थिए। देउवासँग छलफल गरेर फर्केका पन्तले समितिमा विधेयकका सम्बन्धमा सहमतिका लागि केही समय थप माग गरेका थिए।

विधेयकमा शिक्षक महासंघका प्रतिनिधिको अडान शिक्षक पदपूर्तिमा थियो। आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत शिक्षक छनौट हुनुपर्ने उनीहरूको अडान छ। यसअघि समितिले आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशत पदपूर्ति गर्ने गरी सहमति जुटाएको थियो। तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक पदपूर्तिको विषय समितिले टुंगो लगाइसकेकाले पछि हट्न नसकिने बताए। कांग्रेसले भने महासंघका माग सम्बोधन नगरी विधेयक ल्याउन नसकिने अडान राखेपछि मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका थिए।

देउवाले विधेयकलाई केही दिन होल्ड गर्न भनेकाले मन्त्री पन्त विधेयक पारित गर्ने कार्यसूचीबाट पछि हटेका थिए। देउवाले प्रधानमन्त्री केपी शर्मासँग परामर्श गरेर मात्र अघि बढ्ने रणनीति बनाएका छन्। ओली स्पेन भ्रमणमा रहेकाले उनी फर्किएपछि निर्णयमा पुग्ने मनशायमा देउवा रहेको उनीनिकट सांसदको भनाइ छ।

‘शिक्षकसँग गरिएको सम्झौताअनुसार नै विधेयक ल्याउने तयारी भएको छ। शिक्षामन्त्रीका हैसियतमा मलाई सबै कुरा मिलाउन समय चाहिन्छ । अहिले बैठक स्थगित गरौँ। अलि परिपक्व भएर विधेयक पास गरौँला,’ बैठकमा पन्तको भनाइ थियो।

समिति बैठकमा मन्त्री र सांसदबीच आरोपप्रत्यारोपसमेत चलेको थियो। बैठकमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई, सुमना श्रेष्ठलगायतले विद्यालय शिक्षा विधेयक छिटो ल्याउन शिक्षामन्त्रीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।

पूर्वशिक्षामन्त्री विद्या भट्टराईले ऐन ल्याउन सरोकारवालाले चासो नदिएको भन्दै आरोप लगाएकी छन्। ‘म त्यस्तो मन्त्री हो, जसले महासंघको आन्दोलनलाई सही ठाउँमा पुर्‍याउन म कतै बाधक भएँ कि भनेर छाडेको एउटा व्यक्ति पनि हुँ। आज फेरि विधेयक ल्याउन समिति तयार भइरहँदा, सरकार तयार भइरहँदा फेरि बाधा सिर्जना गर्न पाइन्छ कि पाइँदैन? संसद् र सरकारलाई असक्षम बनाउने नियत सरोकारवाला समूहले राख्न पाउने कि नपाउने,’ उनले भनिन्, ‘सरोकारवाला भनेको खबरदारी पनि गर्ने हो, सँगसँगै सहमतिका आधार स्वीकार गर्दै जाने हो।’

बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सहमतिबाटै विधेयक जारी गर्नुपर्ने भएकाले नै विधेयक समितिबाट पास गर्न थप समय लाग्ने बताएका थिए।

विधेयकमा केही कुरा मिल्न बाँकी रहेका र त्यसमा छलफल भइरहेको उनको भनाइ छ। एमालेका छविलाल विश्वकर्माले अथक प्रयासबाट विधेयक ल्याउने तयारी गरे पनि केही बुँदा नमिलेकाले थप छलफल गर्नुपरेको बताएका थिए।

अधिकांश कुरा मिलेसकेको र मिल्न बाँकी विषयमा विलम्ब गर्न नहुने उनको भनाइ छ। समिति सदस्य प्रभु हजाराले निजामती विधेयकभन्दा चाँडै ल्याउनुपर्ने शिक्षा विधेयकलाई कसैको चाहनामा रोक्न नहुने बताए।

प्रकाशित: २०८२ असार १७ गते मङ्गलबार ०१:५०
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना