२०८३ कार्तिक २२ गते शनिवार

पर्यटनमन्त्रीको एक वर्ष : नीतिगत सुधारमा जोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
badri_pandey (1)
मन्त्री पाण्डे।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको छ। २०८१ असार ३१ गते पर्यटनमन्त्री बनेका पाण्डेले एक वर्षको अवधिमा नीतिगत सुधार, सांस्कृतिक कूटनीति विस्तार, सम्पदा, पर्यटन, हवाई सुरक्षा र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको जिकिर गरेका छन्।

मन्त्री पाण्डेले कार्यभार सम्हाले लगत्तै देशमा दुई ठूला हवाई दुर्घटना भए। मन्त्री पाण्डेका लागि यो पहिलो गाँसको ढुंगा थियो। मन्त्रालयले नीतिगत स्पष्टता, अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापना, संरचनागत सुधार र ऐतिहासिक सफलता प्राप्त मात्र गरेको दाबी मन्त्रालयको छ।

नीतिगत अस्पष्टता र संरचनागत प्रणालीमाथिको प्रश्नले गर्दा युरोपेली सङ्घ (ईयू) को सूरक्षा चासो (कालोसूची) मा राखेको छ। यो संकट हटाउनका लागि मन्त्री पाण्डेले पदभार सम्हालेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक अगाडि बढाएका छन्। हाल यी विधेयकहरु प्रतिनिधि सभाको विषयगत समितिमा दफावार छलफलमा छन्। प्रतिनिधि सभामा यस विधेयकका विषयमा भएका सैद्धान्तिक छलपफलमा सहभागी ७५ जना सांसद्ले मन्त्री पाण्डेको प्रशंसा गर्दै यसलाई चाँडोभन्दा चाँडो पारित गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएका छन्।

नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि उच्चस्तरीय समिति गठन गरी प्रतिवेदन तयार छ। त्यसको संक्षिप्त प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा हाल मन्त्रालयले कार्य गर्न सुरु गरिसकेको छ। पर्यटनमन्त्रीले नीतिगत सुधारलाई विशेष महत्व दिनुभएको छ। जसमा पर्यटन विधेयक, अभौतिक सांस्कृतिक सम्पदा विधेयक संसदमा दर्ता भएका छन्।साथै, प्रतिलिपि अधिकार सम्बन्धी विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयक को मस्यौदा तयार पारिएको छ।

मन्त्रिपरिषबाट पर्यटन नीति २०८२ स्वीकृत भएको छ। यसैगरी संस्कृति नीतिको मस्यौदा मन्त्रिपरिषद्‍मा पेस भएको र हवाई नीति निर्माण अन्तिम चरणमा पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। निर्माणको समयमा ८ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपनि हाल पूर्ण रुपमा सञ्चालनमा छ भने थप गरिएका ट्याक्सी वेसमेत सञ्चालनमा आइसकेका छन्। विश्व बैंकको नेपाल सम्बन्धी पछिल्लो विकास प्रतिवेदनले समेत पर्यटन क्षेत्रको विकासमा हवाई पूर्वाधारको यो विकासले पर्यटन क्षेत्रमा सकारात्मक सुधार ल्याउने उल्लेख गरेको छ।

पर्वतारोहण सम्बन्धी नियमावली र हवाई सेवा व्यवस्थापन नियमावली तथा क्यासिनो नियमावली कार्यान्वयनमा आइसकेका छन्। यसले नीतिगत स्थायित्व मात्र होइन,अनुशासन र विश्वसनीयता पनि सिर्जना गरेको छ। नयाँ पर्यटन नीति, सुधारिएको नियमावली र विधेयकको जगमा उभिएर मन्त्रालयले पर्यटन महाशाखामार्फत उल्लेखनीय कार्यक्रमहरू सम्पन्न गरेको छ। राष्ट्रिय अर्थतन्त्र वृद्धिको प्रमुख आधार पर्यटनलाई बनाउने उद्देश्यका साथ आगामी दशक २०२५/२०३५ लाई पर्यटन दशकको रुपमा मनाउनका लागि रणनीति र कार्ययोजना निर्माण भई स्वीकृतिको अन्तिम चरणमा पुगेको छ।

यसैबीच, नयाँ क्यासिनो नियमावली २०८२ तर्जुमा भई कार्यान्वयनमा आइसकेको छ। क्यासिनो व्यवसायसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण तथा आतंकवादसम्बन्धी गतिविधिहरुलाई रोक्नका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी लगायतको सहभागितामा छलफल गरेको थियो। उक्त छलफलमा आएका विषयहरुलाई पनि नियमावलीमार्फत् सम्बोधन गरिएका छ्न्।

नेपालका लागि पर्वतारोहण केवल साहसिक खेल मात्र नभएर पर्यटन र राजस्वमको स्रोत पनि हो। पर्वतारोहण क्षेत्रलाई पर्यटन उद्योगको आवश्यकता बोमजिम व्यवस्थित, विस्तार र प्रवर्द्धन गर्न पर्वतारोहण सम्बन्धी नियामावली, (छैठौं संशोधन) २०८१ लागु गरिएको छ। यससँगै थप ५७ वटा हिमालहरू आरोहणको लागि खुला गरिएका छन्। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत ९१५ जना दक्ष जनशक्ति उत्पादन गरिएको छ।

नेपालको पर्यटन, संस्कृति तथा सम्पदा प्रवर्द्धनका क्षेत्रमा पछिल्लो एक वर्षमा देखिएको प्रगतिले राष्ट्रिय छविलाई अन्तर्राष्ट्रिय कूटनीतिक, सांस्कृतिक र पर्यटन सञ्जालमा मजबुत रूपमा उभ्याउने दिशा दिएको छ। नेपालको पर्यटन विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै नेपालले थाइल्यान्ड र ओमानसँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन लागि मन्त्रिपरिषद्‍बाट कार्ययोजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएका छन्। साथै, ती विमानस्थलहरुबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्तरआबद्धता स्थापना एवम् विस्तार गर्न विभिन्न मित्रराष्ट्रहरुसँग द्विपक्षीय छलफलहरु भएका छन्।

नेपाल एयरलाइन्समा दुई वाइडबडी र दुई न्यारोबडीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् भने दुई वटा ट्विनअटर विमानले आन्तरिक उडान भरिरहेका छन्। पछिल्लो समय नेपाल एयरलाइन्सका उडानहरू चुस्त रहेको प्रवक्ता इन्जिनियर मनोजकुमार साहले बताए।

संस्कृति तथा सम्पदा संरक्षणमा पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका ९२० सम्पदामध्ये ८०० सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ, भने बाँकी सम्पदाहरूको काम पनि अन्तिम चरणमा पुगेको छ। हालै गोरखाको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण टासी छोइलिङ गुम्बा र छेकम गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ। जसले स्थानीय समुदायको धार्मिक र सांस्कृतिक जीवनमय मात्र होइन, आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ।

मन्त्री कार्यभार सम्हाल्नु अघि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत र विश्वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी खतराको सूचीमा परेको थियो। खताराको सूचीबाट बाहिर निकाल्न मन्त्री पाण्डेले युनेस्को लगायत सरोकारवाल राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थासँग चरणबद्ध रुपमा छलफल गर्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्नका लागि तयार पारिएको सुधारात्मक कार्ययोजना (एक्सन प्लान) लाई प्राथमिकताका साथ कार्यान्वयन गरे। जसकारण मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर लुम्बिनीलाई खतराको सूचीबाट बाहिर निकाल्न सफल हुनुभयो। यस कार्यले लुम्बिनीको अन्तर्राष्ट्रिय गरिमा कायम राख्न उल्लेखनीय योगदान पुर्याएको छ।

मन्त्रालयले आफ्नो मातहतका कार्यालयहरूको कार्यक्षमता अभिवृद्धिका लागि संगठन तथा व्यवस्थापन पुनरावलोकन गरी संरचनागत सुधार पहल थालेका छन्। मन्त्रालय अन्तर्गतका सम्पूर्ण छपाईको काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेसबाट छाप्ने निर्णय गरे। जसले गर्दा छपाईमा हुने खर्च मन्त्रालय मातहतमा रहँदा यसमा हुने अनियमितता पनि रोकियो।नेपालका सार्वजनिक संस्थानहरु नेतृत्वको अनावश्यक हस्क्षेपका कारण घाटामा जाने र धराशायी हुने गरेको परिपेक्षमा पर्यटनमन्त्री पाण्डेले संस्थानको स्वायततालाई आत्मसात गर्दै चलायमान बनाएका कारण नेपाल सांस्कृतिक संस्थान ६९ दशमलव ४७ प्रतिशतले आम्दानीमा वृद्धि हुने अवस्थामा पुग्यो। अर्थ मन्त्रालयको सार्वजनिक संस्थान वार्षिक स्थिति समिक्षा, २०८२ को प्रतिवेदन अनुसार नेपालका सार्वजनिक संस्थानहरुमध्ये यति धेरै नाफा कमाउने सांस्कृतिक संस्थान मात्रै हो।संघले कार्यान्वयन गर्ने कतिपय योजनाहरु नीतिगत अस्पष्टता र जनशक्तिको अभावका कारण कार्यान्वयन नहुने विगतका कयौं उदाहरणहरु छन् तर मन्त्री पाण्डेले पर्यटन विभागमार्फत् आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई आयोजनाको हस्तान्तरण गरेर भए पनि कार्यान्वयनमा ल्याउने काम गरे।

यस्ता दीर्घकालीन संरचनागत र नीतिगत प्रयासहरूसँगै मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय फोरमा सहभागी हुने र नेपालमा आयोजना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपालप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ। सगरमाथा दिवस (मे २९) को अवसरमा देश(विदेशका हिमाल आरोहीहरूलाई सम्मान गरेर पर्वतीय पर्यटनको महत्व अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको थियो। यस्तै, विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) मा निजी क्षेत्र, सरोकारवाला संस्था तथा पर्यटकहरूसँग समन्वयमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू भए।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय पर्यटन संवाद कार्यक्रमले संघीयता अनुकूल पर्यटनको रूपरेखा निर्माणमा सहयोग पुर्‍याएको मन्त्री पाण्डेको विश्वास छ। नेपाल पर्यटन बोर्डमार्फत् सातै प्रदेशमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने, पर्यटक प्रवर्द्धकहरूसँगको छलफल गर्ने कामले पर्यटन क्षेत्रको समावेशी विस्तारमा मन्त्रीको दृढता प्रस्तुत भएको छ। यी कार्यक्रमहरू, कार्यक्रमको प्रयोजन र सहभागिताको स्वरूप हेर्दा, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्ध ऐन, २०७७ को कार्यान्वयनमा मन्त्रालयले देखाएको प्रतिबद्धताको प्रमाण मान्न सकिन्छ।

उत्कृष्ट पर्यटनमन्त्री अवार्ड
मन्त्री पाण्डेले उत्कृष्ट कार्यसम्पादन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले गरेको मन्त्रालयहरुको अर्धवार्षिक मूल्यांकनमा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नु भएको थियो।मन्त्री पाण्डेको कार्यसम्पादन र हासिल उपलब्धिको मूल्याङ्कन देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत भएको छ। वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट–२०२५ को अवसरमा जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा दिगो पर्यटनका क्षेत्रमा नेपालको पर्यटन मन्त्रालयको संरचना, कानुन र कार्यान्वयन पक्षमा देखिएको सुधारका पहलहरुको मूल्यांकनका आधारमा मन्त्री पाण्डेलाई उत्कृष्ट पर्यटनमन्त्रीको अवार्ड प्राप्त भयो।

प्रकाशित: २०८२ साउन १ गते बिहिबार ०४:०८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना