२०८३ कार्तिक १६ गते आईतबार

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्कनेबारे मसँग कुराकानी गर्नुभएन, अब पार्टीले निर्णय गर्छ

 |  केपी शर्मा ओली
Sanket

केपी शर्मा ओली

काठमाडौँ, साउन २
kp-oli-fagun-9
प्रधानमन्त्री ओली। फाइल तस्बिर

पूर्वराष्ट्रपति विद्या भण्डारीजी राजनीतिमा फर्किने कुरा गम्भीर हो। यो व्यवस्थासँग सामाजिक सुप्रबन्धसँग र राजनीतिक प्रणालीको मर्मसँग र हामीले नयाँ स्थापित गरेको गणतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। त्यसकारण यो गम्भीर विषय हो। प्रधानन्यायाधीशलाई त्यसमा जोड्न मिल्दैन। प्रधानन्यायाधीश राज्यका अंगहरुमध्ये एउटा अङ्गको मात्र प्रमुख हो। राष्ट्रपति भनेको त सिंगै देशको, सिंगै राज्यका सबै अङगहरुको प्रमुख हो। हुन त अदालतले पनि त्यसरी ट्रिट गर्‍या छैन राष्ट्रपतिलाई। अदालत पनि कहिलेकहिले दम्भ देखाउन खोज्छ। तर पनि राष्ट्रपति चाहिँ सबै राज्यका सबै अङ्गहरु को प्रमुख हो।

राष्ट्रपति देशप्रति, जनताप्रति र संविधानप्रति उत्तरदायी हुन्छ। उसको खास उत्तरदायित्व अरुपट्टि हुँदैन। त्यसअन्तर्गत एउटा साझा व्यक्तित्वको रुपमा मर्यादित हुनुपर्ने भएको हुनाले कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन। राष्ट्रपति हुनुभन्दा अगाडि उसले पार्टी परित्याग गरेको हुनुपर्छ। ‘पार्टी छोडेर म निष्पक्ष हुन्छु र राष्ट्रप्रमुखको भूमिकामा मैले अभिभावकत्व दिन्छु’ भन्ने भावका साथ जान्छ र त्यहाँ बसेर त्यही काम गर्छ। राष्ट्रपतिजीहरुले अहिलेसम्म यो अलिकति नयाँ अभ्यास हो। अहिलेसम्म पनि मैले त्यसैगरी काम गर्‍या देख्या छु। विद्याजीले राष्ट्रपति छँदासम्म त्यस कुरालाई मेन्टेन गर्नु भएको थियो।

निष्पक्ष भूमिका र राष्ट्र प्रमुखको हैसियतले संविधानसम्मत ढंगले चल्नुपर्ने र संविधानको रक्षक र पालकको हिसाबमा काम गर्ने भूमिकामा उहाँले राम्रै काम गर्नु भएको थियो। राष्ट्रपति भनेको सेनाको परमाधिपति पनि हो। र देशकै एउटा संरक्षकीय भूमिकामा हुन्छ राष्ट्रपति। सबैको साझा।

कहिलेकहिले राष्ट्रपतिले पोलिटिकल एक्टिभिटी गरेजस्तो देखिन्छ पनि। जस्तो दलहरुलाई बोलाएर पनि परामर्श गर्ने गर्छ राष्ट्रपतिले। यद्यपि राष्ट्रपतिको त्यो जरुरीको काम होइन। तर पनि त्यो अभिभावकीय भूमिकाअन्तर्गत हामीले ठिकै ठानेका छौँ। यो सबभन्दा बढी रामरण यादवका समयमा भयो। उहाँले बढ्तै गर्नु हुन्थ्यो। बोलाउने सल्लासुझाव दिने। पोलिटिकल पार्टीहरुले त्यसलाई मानेकै पनि थिए। र त्यो मर्यादा कायम रहनुपर्छ। त्यो गणतन्त्रको मर्यादा कायम रहनुपर्छ। राजा हटाएर हामीले राष्ट्रपतिको व्यवस्था गरेका हौँ। राजाको स्थानमा राष्ट्रपति ल्याएका हौँ। सरकार, प्रधानमन्त्री त पहिले पनि हुन्थ्यो। अरु सबै कुरा त हुन्थे। राष्ट्रपति हुँदैनथ्यो।

राष्ट्रपति र उपराष्ट्रपति उस्तैउस्तै होइन। यो उस्तैउस्तै होला कि जस्तो गरेर कहिलेकहिले मान्छेहरूले बुझ्छन्, त्यस्तो होइन। जगेडा राखेको मात्रै हो, उपराष्ट्रपति भनेको। राष्ट्रपति भनेको बेग्लै चिज हो। भारतमा पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था छ। उनीमाथि टिकाटिप्पणी भइरहन्छ। भाइस प्रेसिडेन्टलाई तिम्रो चाहिँ भूमिका निष्पक्ष छैन भनिराख्छ। त्यहाँ उनका विषयमा तिमी बडा गडबड गर्दै छौँ भनेर टिप्पणी भैराख्छ राज्यसभाभित्रै। तर राष्ट्रपतिका विषयमा त्यस्तो हुँदैन। त्यो टिकाटिप्पणीबाट माथि रहेको मान्छे फेरि ओर्लिनु वाञ्छनीय हुन्न भन्ने कुरा हो।

यो संवैधानिक प्रश्न होइन। यो कानुनी प्रश्न पनि होइन। यो नैतिकताको प्रश्न हो। नैतिक मूल्यमा आधारित भएर बसाउनु पर्ने थितिको कुरा हो। अघिल्लो राष्ट्रपति रामरण यादवजीले यो थिति बसाएको देखिन्छ। यो नैतिक मूल्यमा आधारित भएर थिति बसाउन खोजेको देखिन्छ।

विद्याजीको हकमा उहाँले कहाँ कहाँ परामर्श गर्नुभयो थाहा छैन। कतै त गर्नुभयो होला। तर मसँग चाहिँ परामर्श भएन। परामर्श नभइकन पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गरिराख्या छु। पार्टी छँदै छ। पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन। ‘म राजनीतिमा फर्केर आउँछु। कसरी काम गरौ? मलाई सक्रिय राजनीतिमा आउन मन छ। आउन मिल्छ मिल्दैन? आऔँ/नआऔँ। देशलाई फाइदा हुन्छ कि हुँदैन? संवैधानिक प्रक्रिया कस्तो हुन्छ अथवा प्रणालीगत हिसाबले के हुन्छ?’ राष्ट्रपतिको पदको गरिमाको हिसाबले फेरि राष्ट्रपतिबाट फर्किएर सक्रिय राजनीतिमा आउदा सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा कस्तो हुन्छ? (लगायतका विषयमा मसँग कुनै परामर्श भएन)।

कतिपय देशहरुमा के छ भने राष्ट्रपति फेरि प्रधानमन्त्रीमा आउँछ, प्रधानमन्त्रीमा पावर केन्द्रित गर्छ। फेरि राष्ट्रपतिमा केन्द्रित गर्छ। फेरि राष्ट्रपतिमा फर्किन्छ यस्तो पनि देखिएको छ। कतिपय देशका अनुभवहरु आफ्ना खालका होलान्। तर त्यहाँ चाहिँ अब राजतन्त्रसँग कुनै सन्दर्भ सरोकार साइनो सम्बन्ध केही मानिँदै मानिँदैन। राजतन्त्र हुन्छ भन्ने उनीहरुले कुनै ताजा स्मरणमा छैन। ती देशहरुमा राजतन्त्र गएको सयौँ वर्ष बितिसक्यो। सयौँ वर्ष अगाडिदेखि राजतन्त्र नभएका देशहरुमा त्यसको झल्को पनि मान्छेहरुमा आउँदैन। तर यहाँ त भर्खरै हामीले राजतन्त्र फाल्या छौँ। राजतन्त्र पक्षधरहरु उफ्रिराख्या छन्- राजतन्त्र फर्काउनुपर्छ, हामी फर्काउछौँ भनेर।

पूर्वराष्ट्रपति फेरि राजनीतिमा फर्कने विषयमा उहाँले मसँग सरसल्लाह गर्नु भएन। अरुसँग मलाई थाहा छैन। पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नु भएन। पार्टीमा कुनै मौखिक लिखित सल्लाह भएको छैन।

यस सम्बन्धमा (उहाँका विषयमा) पार्टीले निर्णय गर्नुपर्छ। किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानु भएको होइन। हामीले पठाएको हो। राष्ट्रपतिमा उहाँ हाम्रो क्यान्डिडेट हो। राष्ट्रपति भएपछि या राष्ट्रपति हुन भन्दा क्यान्डिडेट हुने भन्ने तय भइसकेपछि उहाँले हाम्रो पार्टी छोड्नुभयो। पार्टी छोडेर नै जानुपर्छ। पार्टी छोड्न भन्दा अगाडि त हाम्रो उपाध्यक्ष नै हो।हाम्रो क्यान्डिडेट। तसर्थ यसमा नेकपा एमालेले कुनै निर्णय गर्छ।

अब उहाँले फेरि राजनीतिमा फर्कन्छु भनेपछि गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, पोलिटिक्समा के असर पर्छ, व्यवस्थामा के असर पर्छ, उहाकै जीवनमा के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै। टाइमफ्रेम चाहिँ हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ। उहाँले आफैँले विचार गर्नुपर्ने जस्तो लाग्छ। उहाँले सार्वजनिक ढंगले बाहिर बोलेका कुराहरु, राजनीतिमा आउछु भनेका कुराहरुबारे उहासँग हामीले सोध्नुपर्छ। यो निर्णय चाँडै हुन्छ। हामी यसमा धेरै ढिलो त गर्दैनौँ।

अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन। किनभने एक त उहाँ पोलिटिक्समा आउनुहुन्छ भनेर पार्टीले ठानेको/मानेको नै अवस्था छैन। दोस्रो उहाँ पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ। पहिले पनि उहाँले लिडरसिपमा बसेर काम गरेको त्यस्तो संगठनात्मक अनुभव लिएको होइन। यो गम्भीर विषय छ र पार्टीले पार्टीले त सम्बन्धमा निर्णय उपयुक्त समयमा गर्छ।

(वरिष्ठ पत्रकार विजयकुमारसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कुराकानी (बिहीवार प्रसारित)मा आधारित)

प्रकाशित: २०८२ साउन २ गते शुक्रबार ०८:४४
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना