२०८३ कार्तिक १६ गते आईतबार

वीर अस्पतालको चमेनागृह ठेक्कामा अनियमितता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
bir_hospital (2)

काठमाडौँ- बिरामीहरूलाई महङ्गो, फोहरी र बासी खानेकुरा बेच्ने वीर अस्पतालको गुजेश्वरी चमेनागृह गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ। यसरी कानुनी प्रक्रिया मिचेर क्यान्टिन चलाउन दिने काममा संलग्नलाई कारबाही माग गर्दै विभिन्न निकायमा उजुरी परेको छ।

गैरकानुनी रूपमा क्यान्टिन (चमेनागृह) हटाउन र दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको हो।

गैरकानुनी रूपमा अस्पतालको क्यान्टिन जिम्मा लगाउने खेल २०८१ कात्तिकमा सुरु भएको थियो। बिरामीको स्वास्थ्यमा खेलबाड गर्ने मनशायकै साथ यो प्रक्रिया सुरु भएको देखिन्छ। अस्पताल परिसरमा क्यान्टिन चलाउनका लागि कात्तिक ९ मा सूचना प्रकाशित गरिएको थियो। वीरमा क्यान्टिन चलाउन गुजेश्वरी होटल प्रालि, जी एन्ड बी क्याफे, सुनील क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एन्ड क्यान्टिन, आरएस मल्टिपर्पोज, नारायणी चमेनागृह र ग्रिनवर्ड बेकरी क्याफेले इच्छा देखाएर बोलपत्र प्रस्ताव (टेन्डर) पेस गरेका थिए।

टेन्डर मूल्यांकन समितिमा वीर अस्पताल लेखा शाखाका उपसचिव हिमलाल अधिकारी, लेखा अधिकृत महानराज ओली, खरिद शाखाका अधिकृत राजन फुयाल थिए। उनीहरुको मूल्यांकनका आधारमा योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिलाई ठेक्का दिए। उनीहरू कीर्ते अनुगमन प्रतिवेदन तयार गरी योग्यता नै नपुगेको गुजेश्वरीलाई योग्य देखाएका थिए। त्यही अनुसार न्याम्स पदाधिकारीलाई ब्रिफिङसमेत गरेका थिए। यसरी वीर अस्पतालको संयन्त्रलाई झुक्याई अस्पतालको क्यान्टिन सञ्चालनको जिम्मा गुजेश्वरीलाई दिइएको थियो। २०८१ मंसिर २२ मा गुजेश्वरी र अस्पतालबीच यसका लागि सम्झौता भएको थियो।

अधिकारी, ओली, फुयालले गुजेश्वरी होटलसँग घुस लिएर क्यान्टिन चलाउने जिम्मा दिएको अर्का एक प्रतिस्पर्धीको आरोप छ। ती प्रतिस्पर्धीका अनुसार गुजेश्वरीले उनीहरूलाई २५ लाख रुपैयाँ कमिसन दिएको थियो।

विभिन्न निकायमा दिइएको उजुरीमा गुजेश्वरीले क्यान्टिन सञ्चालन गर्नका लागि २५ लाख कमिसन दिएको आरोप लगाइएको छ। कमिसन लिनेहरूको सम्पत्ति छानबिन गर्न पनि उजुरीमा माग गरिएको छ।

क्यान्टिन सञ्चालनका लागि टेन्डर प्रकाशन गरिएको सूचनामा उल्लेख भएका कागजात र न्यूनतम योग्यताका आधार पेस नगरेको र नक्कली कागजात पेस गरेको उजुरीमा उल्लेख छ। गुजेश्वरीले चमेनागृह सञ्चालन सम्बन्धी १५ दिने सिलबन्दी प्रस्ताव सूचनामा अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजात र न्यूनतम योग्यताका ७ वर्षको कार्य अनुभव र हाल उक्त सेवा सञ्चालन गरिरहेको प्रमाणपत्र नक्कली पेश गरेको, स्वच्छताको न्यूनतम गुणस्तर प्रतिवेदन पेस नगरेको उल्लेख छ।

एक प्रमुख भान्छे र तीन जना भान्छेको व्यक्तिगत विवरण, योग्यता, अनुभव र प्रशिक्षण पेश गरेको हुनुपर्नेमा क्यान्टिनको अनुमति पाएको गुजेश्वरी होटलले ती कुनै पनि पेश नगरेको उल्लेख छ। योग्यता नपुगेको स्पष्ट हुँदाहुँदै लेखा शाखाका उपसचिव अधिकारी, लेखा अधिकृत महानराज ओली, शाखा अधिकृत राजन फुयालले सेटिङमा गुजेश्वरी होटलसँग सम्झौता गरेको उजुरीमा उल्लेख छ। गुजेश्वरीले खानेकुरा पनि महङ्गो र गुणस्तरहीन खुवाउनुका अतिरिक्त सफाइ पनि नभएको उजुरीमा उल्लेख छ। अस्पतालका धेरैजसो चिकित्सकहरूका अनुसार, उक्त क्यान्टिनका कर्मचारीहरू बिरामी र कर्मचारीसँग झर्किने र रिसाउने गर्छन्।

सेटिङ गरी क्यान्टिनको ठेक्का पाएको उक्त होटलले खाना–खाजाको दररेट पनि अस्वाभाविक राखेको छ। राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी गुजेश्वरीलाई ऐन नियमविपरीत क्यान्टिनको ठेक्का दिएकाले रद्द गर्न २०८२ वैशाख ९ गते नै निर्देशन दिएको थियो।

निर्देशनमा गुजेश्वरी होटल प्रालिको स्वीकृत प्रस्ताव सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, तथा प्रस्ताव गरिएको आधारभूत शर्त र मापदण्डविपरीत भएको देखिएको उल्लेख छ। ‘उक्त प्रस्तावलाई रद्द गरी पेस भएका क्राइटेरिया पुगेका प्रस्तावदाताहरूमध्येबाट सारभूत रूपमा प्रभावकारी प्रस्ताव छनोट गर्न गराउनु हुन र सोको जानकारी यस केन्द्रमा गराउनु हुन भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०६१ को दफा ३८ (छ) बमोजिम निर्देशन छ,’ सतर्कता केन्द्रले दिएको निर्देशनमा उल्लेख छ। तर यो आदेश पालना भएन। यो निर्देशन कार्यान्वयन गराउन वीर अस्पतालले कुनै चासो दिएन।

केन्द्रले पुनः ०८२/२/२८ मा अस्पताललाई ०८२/०१/०९ को पत्र कार्यान्वयन गर्न निर्देशन दियो। अस्पतालले गुजेश्वरी होटललाई असार ६ गते पत्र लेखी क्यान्टिन सञ्चालन करारनामाको बुँदा नं. १० अनुसार ३० दिनभित्र हट्न भनेको छ, तर गुजेश्वरीले अटेर गर्दै आएको छ।

क्यान्टिनमा उपसचिव अधिकारी र लेखा अधिकृत ओलीको २०% शेयर रहेको अस्पताल खरिद प्रशासनका एक कर्मचारीको जिकिर छ। ‘खरिदमा हुनुपर्ने फाइल पनि लेखा शाखामा लगेर राखेका छन्,’ ती कर्मचारीको दाबी छ, ‘मैले केही पाएको होइन, यी तीनजना यस अस्पतालका माफिया हुन्, तै भएर हालसम्म क्यान्टिन हटेको छैन।’

अस्पताल स्टोर र खरिद सम्बन्धी कर्मचारी तथा अस्पतालमा मेडिसिन सप्लाई गर्ने आपूर्तिकर्ताहरूले अधिकारी र ओलीले क्यान्टिनदेखि अन्य सामान खरिदमा समेत अनियमितता गर्ने गरेको आरोप लगाउँछन्। अस्पतालमा हुने आन्तरिक सामान खरिदमा व्यापारीलाई दुःख दिँदै कमिसन लिने, महङ्गोमा कोटेसनमा सामान खरिद गर्ने, स्टोरलाई मगाउनुपर्ने सामान नमगाई दाखिला गर्न दबाव दिने गरेको स्रोत बताउँछ।

‘अधिकारी र ओलीले मेडिसिन व्यापारीलाई भुक्तानी नदिँदा अस्पतालमा औषधिको अभाव भएको छ। यिनीहरूका विरुद्ध कोही पनि बोल्न सक्दैनन्, बोले भने गुण्डा लगाएर धम्की दिने गरेका छन्। यी भ्रष्टाचारीका बारेमा अस्पतालमा रहेका संघ–सङ्गठनले आवाज उठाए पनि कुनै सुनुवाइ भएको छैन,’ एक कर्मचारी भन्छन्, ‘यिनीहरू माथि छानबिनको माग गर्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी गरिएको छ। तर केही काम अघि बढ्दैन।’

प्रकाशित: २०८२ साउन १६ गते शुक्रबार १२:४६
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना