२०८३ कार्तिक १६ गते आईतबार

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह: मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
6335444e-33b8-4c70-802d-8e88500493a0

काठमाडौं- सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकका बारेमा पत्रकारहरुलाई ‘इमोसनल’ नहुन आग्रह गरेका छन्। पत्रकारहरु समाजकै एक अंग भएकोले सरकारले यो क्षेत्र र अन्य क्षेत्रलाई गर्ने व्यवहारमा फरक नहुने उनको भनाइ छ।

प्रेस चौतारी नेपालले मिडिया काउन्सिल विधेयकका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विधयेकमा व्यवस्था भएका नियुक्ती सिफारिस सम्बन्धी प्रावधानमा पत्रकारहरुको बढ्ता आपत्ती गर्नु जायज नभएको बताएका हुन्। ‘प्रेस जोडिएका सबै संस्थामा पत्रकारहरुले मात्र प्रतिनिधित्व गर्नु पर्दछ भन्ने हुदैन’ गुरुङले भने‘काउन्सिल नियमनकारी निकाय भएकोले यसको अध्यक्षमा पूर्व न्यायधिसलाई पनि नियुक्त गर्न सक्ने प्रावधान उपयुक्त हुन्छ।’ मन्त्री गुरुङले नियुक्तीको सिफारिस मन्त्रीले गर्दा राजनीति हुने सभामुख र राष्ट्रपतिले गर्दा राजनीति नहुने भन्ने सोचाइ गलत भएको बताए। ‘सरकारले नियुक्ती गर्ने ठाउँमा केही न केही राजनीति हुन्छ। मन्त्रीले गर्दा सिफासिर गर्दा राजनीति हुने अरुले गर्दा गैह्र राजनीति हुने भन्ने पत्रकारहरुले सवाल उपयुक्त छैन’ मन्त्री गुरुङले भने ‘काउन्सिलको अध्यक्ष मन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गर्ने गरी गर्नुपर्दछ।’

काउन्सिलको अध्यक्ष हुन चाहने व्यक्तिले परीक्षा,अन्तर्वार्ता दिन तयार हुनुपर्ने मन्त्री गुरुङको भनाइ छ। नियमनकारी निकायको प्रमुख हुने व्यक्तिले कुनै परीक्षा पनि दिनुनपर्ने भन्ने सवाल नै सही नभएको उनको भनाइ छ। ‘सिधै सिफारिस गर्नुपर्ने भन्ने तपाईंहरुको तर्क ठिक छैन ’ मन्त्री गुरुङले भने ‘नियुक्ती खाने भए परीक्षा दिन,अन्तर्वार्ता दिन पनि तयार हुनुपर्दछ।’

मन्त्री गुरुङले काउन्सिलले वार्षिक प्रतिवेदन पनि सरकारलाई नै बुझाउनु उपयुक्त हुने बताए। प्रतिवेदनका सुझावहरु सरकारले कार्यन्वयन गर्ने भएकोले प्रतिवेदन पनि सरकारलाई बुझाउने पर्ने उनको तर्क छ। मन्त्री गुरुङले काउन्सिलको अध्यक्ष तीन महिनासम्म निलम्बन हुने स्थिती आएमा नयाँ अध्यक्ष नियुक्तीको बाटो पनि खुलाउनु पर्ने जिकिर गरे। प्रेस चौतारीले विधेयकलाई गहन अध्ययन गरेर भावनामा नबगी सरकारलाई सकारात्मक सुझाव दिन मन्त्री गुरुङले आग्रह गरे।

अन्तरक्रियामा चौतारीका अध्यक्ष गणेश पाण्डेले विधेयकलाई विवाद रहित र पत्रकारको अधिकत्तम हितमा होस भन्ने हेतुले अन्तरक्रियाको आयोजना गरिएको बताए। ‘विधेयकलाई संविधानको मर्म अनुसार बनाउने हिसाबले सुझाव दिनका लागि अन्तरक्रिया आयोजना गरिएको हो’ पाण्डेले भने ‘चौतारीका अग्रज र विभिन्न पेशागत संगठनका धारणा समेटेर सरकार र संसदीय समितीलाई हामी लिखित सुझाव बुझाउछौं।’

मन्त्री गुरुङले प्रेस स्वतन्त्रताप्रति विधेयक संवेदनशिल रहेको स्पष्ट पारे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले मिडिया काउन्सिल भन्ने संस्था विश्वमा नै ‘प्रेस कम्प्लेन काउन्सिल’ भएकोले यस संस्थामा सञ्चार उपभोक्ताहरुको उल्लेख्य प्रतिनिधित्व हुनुपर्ने सुझाव दिए। उनले काउन्सिलको पदाधिकारीका नियुक्तीमा सरकार र पत्रकारले अडान राखेकोले द्वन्द्व सृजना भएको बताए। अध्यक्ष नियुक्ती गरेपछि पुरा कार्यकाल हटाउन नमिल्ने प्रावधान राख्नुपर्ने गाउँलेको भनाइ थियो।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्ट लगायत पत्रकारका विभिन्न पेशगात संस्थाका प्रतिनिधीहरुले धारणा राखेका थिए ।

प्रकाशित: २०८२ साउन १७ गते शनिवार ०८:२७
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना