२०८३ कार्तिक १६ गते आईतबार

जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
asram_briddha1694685432

पाल्पा- जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए। छोरीको बिहे भइसकेको छ। बाँकी तीन छोरा पनि उनका साथमा छैनन्। कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन्। घरमा दुई बूढाबूढी मात्रै छन्। ‘टाठाबाठा जति सहरतिर लागेका छन्। म र श्रीमती यही घरमा छौँ’, उनले भने। गाउँमा मलामी जाने समेत पाउन छाडिसकेको बगालेको भनाइ छ।

रैनादेवी छहराका ८१ वर्षीय टिकाबहादुर थापा बुटवलमा रहेको मानव सेवा आश्रममा बस्न थालेको तीन वर्ष भयो। उमेर र ऊर्जा हुन्जेल खेती किसानी गरेरै छोरोछोरी हुर्काए, पढाए र बिहेसमेत गरिदिए। तर, उनी अहिले बूढेसकालमा भने एक्लिएका छन्। ‘बुढ्यौलीले छोएपछि काम गर्न सकिएन, छोराबुहारी र श्रीमतीले समेत झिँजो मान्न थाले,’ उनले भने, ‘मलाई चित्त दुख्यो, आश्रममा आएर बस्न थालेँ। अहिले आनन्द छ।’ घर छोडेदेखि परिवारसँग उनको कुराकानी भएको छैन।

निस्दी गाउँपालिका मित्यालका नरबहादुर सारु ७५ वर्षको भए। तर, उनलाई छोराले अवहेलना गरेको भन्ने लाग्दैन। समयको चक्रसँगै आफूहरू एक्लिएको भन्दै उनी चित्त बुझाउँछन्।

‘हातखुट्टा चलुञ्जेल काम गरेर सहर बस्ने गर्छन्, यहाँ आउँदैनन्’, उनले भने, ‘छोरीको बिहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बूढाबूढी मात्रै बस्नुको अर्को विकल्प के छ र ?’ उसो त सोही ठाउँका ७८ वर्षीय खड्का राना पनि एक्लै जीवन बिताउन थालेको पाँच वर्ष भयो।

उनका चार छोरा, दुई छोरी र एक श्रीमती थिए। श्रीमती बितेको छ वर्ष भयो। ‘छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरीहरु आफ्नो घर–घरमा छन्,’ उनले भने, ‘अहिले एक्लै जीवन बिताइरहनु परेको छ।’ उमेर बढ्दै, शक्ति घट्दै गएपछि आफन्त पनि बिस्तारै टाढिने गरेको उनको भोगाइ छ। रानाले वृद्धाभत्ताले जसोतसो जीविका चलाउँदै आएका छन्।

तानसेनकी मीना विकको पनि एक छोरी छन्। उनका श्रीमान्को दुई वर्षअघि मृत्यु भयो। भएकी एक छोरीको विवाह भएको छ। विक उमेरले ६८ वर्षकी भइन्। उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘सुरुका दिनमा कति दुःख पाइयो। छोरीलाई तरकारी बेचेरै पढाएँ, अहिले उनी अर्काको घरमा छन् म भने एक्लै दिन काटिरहेकी छु।’ एकल महिलाले पाउने भत्ताले अहिले जीवन गुजारिरहनु परेको उनको भनाइ छ।

तानसेन छेर्लुङ्गका ७३ वर्षीय शिवप्रसाद भट्टराई पनि छ सन्तानका बाबु हुन्। सबै बालबच्चाका साथ रहँदा सँगै खाना खाँदा रमाइलो हुने उनी सम्झन्छन्। ‘एउटा छोरा बाहिर छ, अरू काठमाडौँमा बस्छन्’, उनले भने, ‘यहाँ त हामी दुई बूढाबूढी मात्र बस्छौं। सधैँ सबै बच्चा घरमै हुँदा जे पकाए पनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौँ, खाना पनि राम्रोसँग रुच्दैन’, उनले थपे। छोराछोरीले खेतबारीमा काम गर्न नरुचाएको उनी बताउँछन्। ‘यहाँ खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्’, उनले भने, ‘यहाँ घर खाली हुन्छ, तर छोराहरू कोठा लिएर सहरमा बस्न रुचाउँछन्, उनीहरू त दसैँ–तिहारमा यसो दुईरतीन दिन घर बस्नेगरी आउँछन्, अनि गइहाल्छन्’, उनले भने।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय अधिकांश ज्येष्ठ नागरिकको पीडा उस्तै छ। जवानीमा अनेक घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिक जीवनको उत्तराद्र्धमा एक्लो महसुस गर्दै आएका छन्।

गरिखाने उमेरका छोराछोरी भविष्य बनाउन जसै लाखापाखा लाग्दै जान्छन्, घरगाउँमा पाकाहरू एक्लिँदै छन्। विश्वव्यापीकरण, बढ्दो सहरीकरण, आन्तरिक बसाइँसराइ, सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनका कारण परिवारमा ज्येष्ठ नागरिक एक्लो हुँदै गएका हुन्। ग्रामीण भेगमा जग्गा र घर कुरेर बस्ने ज्येष्ठ नागरिक नै भेटिन्छन्।

आधुनिकतासँगै मान्छेको दैनिकी प्रविधिमा रमाएको छ। कृत्रिम बौद्धिकताले मानिसको सिर्जनात्मक शक्ति ह्रास हुँदै छ। हिंसा, दुव्र्यवहार, मानवताविरुद्धका घटना बढ्दै गइरहेका छन्।

आर्थिक, सामाजिक, शारीरिक, मानसिक र यौन दुव्र्यवहारको सिकारसमेत ज्येष्ठ नागरिकहरू बनिरहेका छन्। हिजोको संयुक्त परिवार आज ‘एकल’ मा परिणत हुँदै गएको सरोकारवालाहरु बताउँछन्।

आफ्ना बालबच्चाबाहेक जन्म दिने बाबुआमाका लागि सन्तानले समय निकाल्न सक्दैनन्। एकछिन उनीहरूसँगै बसी उनीहरूका कथाव्यथा सुन्न पनि भ्याउँदैनन्। अति व्यस्त जीवनशैली, यान्त्रिक उपकरणको प्रयोग बढेको छ। आफ्नै छोरा, बुहारी, नातिनातिनीसँग विरानो बन्दै गएका छन्।

डाँडामाथिको घाम बनेका वृद्धवृद्धासँग सम्मानजनक व्यवहार गर्नुपर्ने नागरिक समाजका अगुवा पुष्करराज रेग्मीले बताए। उनले भने, ‘बाँचुन्जेल एक गाँस राम्ररी खुवाउन र एक वचन राम्रो बोल्न हामी किन कन्जुस्याइँ गर्छौं  रु हामी आफ्ना अभिभावकलाई जस्तो व्यवहार गर्छौं, त्यस्तै पाठ हाम्रा सन्तानहरूले सिकिरहेका हुन्छन्, त्यसै पनि वृद्धावृद्धाहरुलाई सम्मान गर्नुपर्छ।’

अभिभावकलाई जिउँदो हुञ्जेल मन लागेका खानेकुरा र लगाउने कपडा नदिने, जान चाहेको ठाउँमा नपुर्‍याइदिने, अपमान र तिरस्कार गर्ने अनि मरिसकेपछि दुःख बोकेको छु भन्दै सेतो पहिरन लगाएर श्राद्धमा पिण्ड चढाउनु, पितृ प्रसाद भनेर मान्छेलाई बोलाएर खुवाउनु युक्तिसङ्गत नरहेको रेग्मीको भनाइ छ।

सन्तानहरू जन्म दिने आमाबुबालाई घरको बोझ सम्झी आश्रम पठाएर कर्तव्य र दायित्वबाट विमुख हुँदै गएको दुःखलाग्दो अवस्था बनेको छ। जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका असहाय ज्येष्ठ नागरिक झनै हिंसाको सिकार भएका छन्।

जवानीमा पैसा कमाइञ्जेल सबैको प्यारो हुने तर उमेर ढल्किँदै, कमाउन नसक्ने हुँदै जाँदा सबैबाट हेला सहनुपर्ने समस्या ज्येष्ठ नागरिकले भोग्नु परेको छ। बाबुआमाले छोराछोरी नबुझ्ने र छोराबुहारीले बाबुआमा नबुझ्ने र सामान्य असमझदारीमै परिवार छुट्टिएर बस्ने व्यवहारले ज्येष्ठ नागरिकले कठिनाइ भोग्नु परेको हो।

जुन अभिभावकहरू सन्तानका लागि दस नङ्ग्रा खियाउँदा–खियाउँदै आफ्ना लागि केही गर्न सक्दैनन्, तिनको सहारा हुन प्रायः सन्तान तयार हुँदैनन्।

कसैले भने बाबुआमाको सम्पत्ति नपाउन्जेल माया र आदरको नाटक गर्ने अनि सम्पत्ति हात परेपछि तिनलाई आश्रममा पुर्‍याउने गरेका उदाहरण भेटिन्छन्। कोही भने आफ्ना बच्चाहरू ससाना हुन्जेल वृद्ध अभिभावकहरूसँग बस्ने अनि जब बच्चाहरू हुर्कन्छन्, कि आफू छुट्टिएर बस्ने नत्र अभिभावकहरूलाई नै घरबाट निकालिदिने गर्छन्।

प्रकाशित: २०८२ साउन २१ गते बुधबार ०७:५३
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना