२०८३ कार्तिक २२ गते शनिवार

उपेन्द्र महतोको मेडिसिटी हस्पिटलको व्यापार दुई अर्ब ५५ करोड, ऋण पाँच अर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
Nepal-Mediciti-Hospital

काठमाडौंः व्यवसायी डा. उपेन्द्र महतोले सञ्चालन गरिरहेको मेडिसिटी हस्पिटलको व्यापारमा कमी आएको छ। २०२५ मा मेडिसिटीले दुई अर्ब ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ।

गत वर्ष सन् २०२४ मा मेडिसिटीको व्यापार दुई अर्ब ७४ करोड ४० लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा मेडिसिटी हस्पिटलको व्यापार झण्डै १९ करोड रुपैयाँ घटेको मेडिसिटीको सञ्चालक अश्विन मेडिकल कलेज एण्ड हस्पिटल प्राइभेट लिमिटेडले जनाएको छ।

गत वर्षको असोज १२ गते गएको भीषण बाढीले क्षति पुर्याउँदा अस्पताल सञ्चालनमा अस्थायी अवरोध आएको कारणले गर्दा आम्दानीमा गिरावट आएको मेडिसिटीले जनाएको छ।

आम्दानी कम भएपछि हस्पिटलको पीपीआइएलटीडी मार्जिन गत वर्ष घटेर २०२५ मा २१.५३ प्रतिशतमा सीमित भएको छ । गत वर्ष यस्तो मार्जिन २७.७८ प्रतिशत थियो।

बाढीका कारण सञ्चालन अवरोध र भएको क्षतिको मर्मतमा खर्च गर्दा गत वर्ष ३२ करोड ४० रुपैयाँ खुद घाटा भएको अश्विन मेडिकल कलेजले जनाएको छ। अस्पताल परिसरमा नख्खुखोला रहेको छ । खोलाले भारी वर्षाको समयमा बाढीको जोखिम निम्त्याउने गरेको छ । भौगोलिक स्थितिले बाढी आएपछि अस्पताल परिसरमा पानी पस्ने गर्दा सञ्चालन अवरोध आउने गरेको मेडिसिटीले जनाएको छ।

गत असोज १२ मा “नदीमा पानीको बहाव बढ्यो र अस्पतालका केही भागहरू डुबानमा परे, जसले गर्दा नियमित सेवाहरूमा बाधा पुग्यो, बिरामीहरूको आवतजावत घट्यो र सञ्चालन आम्दानीमा उल्लेखनीय गिरावट आयो” मेडिसिटीले भनेको छ।

सेप्टेम्बर २०२४ भन्दा पहिले नख्खु नदीमा कुनै पनि ठूला बाढी आएको रेकर्ड नभएको हस्पिटलले जनाएको छ। जसले गर्दा यो घटना आकस्मिक थियो भन्ने संकेत गरेको हस्पिटलको भनाई छ।

महतो ग्रुप अफ इन्डस्ट्रिजले सञ्चालन गरिरहेको मेडिसिटी हस्पिटलले सन् २०१७ देखि सञ्चालन सुरु गरेको थियो । नेपाल मेडिसिटी अस्पताल देशको पहिलो हस्पिटल एण्ड हेल्थकेयर प्रोभाइडर्स इन्टरनेशनलद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्था हो।

अस्पतालको क्षमता २४७ शैया क्षमता छ । अस्पतालले मल्टिस्पेसियालिटी स्वास्थ्य सेवा सुविधा प्रदान गर्दैै आएको छ। अस्पताल ललितपुर महानगरको नख्खुमा रहेको छ।
हस्पिटलले सन् २०२३ मा दुई अर्ब ८२ करोड ६० लाख र २०२२ मा दुई अर्ब ७८ करोड ४० लाख रुपैयाँ कारोबार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। हस्पिटलले चार अर्ब ९४ करोड रुपैयाँ ऋण रहेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

हस्पिटलले ऋणका लागि डबल बि देखि ए फोर रेटिङ पाएको छ। हस्पिटलले चार मध्ये तीन बैंकसँग सहवित्तीयकरण (कन्सोर्टियम लोन) ऋणअन्तगर्त फ्लोटिङ ब्याजदर सम्झौता गरेको छ । जबकि एउटा बैंकसँग निश्चित ब्याजदर कायम राखेको छ । ऋणबाट सञ्चालित परियोजना भएकोले, परिकल्पना गरिएको भन्दा बढी ब्याजदरले कम्पनीको मार्जिन संकुचित हुन सक्छ।

उपत्यकामा धेरै ठूला अस्पताल सञ्चालनमा भएकाले कडा प्रतिस्पर्धा रहेको अश्विन मेडिकलले जनाएको छ।

उद्यमी महतोले मेडिसिटीका साथै मेडिकेयर अस्पताल सञ्चालन गरिरहेका छन्। डा. महतोको स्वास्थ्य, जलविद्युत, निर्माण र मिडिया क्षेत्रहरूमा लगानी विविधिकरण गरेका छन्। उनी गैरआवासिय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष पनि हुन्।

स्वास्थ्य सेवा राजस्व र रोजगारी दुवैको हिसाबले नेपालको सबैभन्दा ठूलो क्षेत्रहरू मध्ये एक बनेको छ। स्वास्थ्य सेवामा अस्पताल, चिकित्सा उपकरणहरू, क्लिनिकल परीक्षणहरू, आउटसोर्सिङ, टेलिमेडिसिन, चिकित्सा पर्यटन, स्वास्थ्य बिमा र चिकित्सा उपकरणहरू समावेश छन्।

नेपालको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान धेरै माथि पुगिसेको छ । सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको अनुमान छ। आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.१६ प्रतिशत, १२.८३ प्रतिशत र ६२.०१ प्रतिशत रहेको छ।

प्रकाशित: २०८२ भदौ १० गते मङ्गलबार ०७:५१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना