२०८३ कार्तिक २२ गते शनिवार

यस्तो छ, सहुलियतपूर्ण कर्जा र ब्याज अनुदानबारे कार्यविधि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
rastra baink

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका सीमा, अवधि र भुक्तानीसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि, २०८२’ जारी गर्दै राष्ट्र बैंकले विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा निर्धारण गरेको हो।

बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गरी जारी गरिएको कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी कर्जामा अधिकतम पाँच करोड रुपैयाँसम्म प्रवाह गर्न सक्नेछन्। त्यस्तै महिला उद्यमशील कर्जा २५ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्केका युवाका लागि स्वरोजगार कर्जा २० लाख रुपैयाँसम्म र शिक्षित युवा परियोजना कर्जा पनि २० लाख रुपैयाँसम्म रहनेछ।

यसैगरी दलित समुदायका लागि भगत सर्वजित उद्यम विकास कर्जा २० लाख रुपैयाँसम्म, स्टार्ट अप उद्यम कर्जा २५ लाख रुपैयाँसम्म, उद्योगमा बोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम ५० लाख रुपैयाँसम्म र प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माण कर्जा पाँच लाख रुपैयाँसम्म प्रवाह गर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जा किस्ताबन्दीमा भुक्तानी हुने आवधिक प्रकृतिको हुनेछ। एकपटक स्वीकृत भएको कर्जाको सीमा पुनः वृद्धि गर्न नपाइने प्रावधान पनि कार्यविधिमा उल्लेख गरिएको छ।

सहुलियतपुर्ण कर्जा संवत् २०८७ साल असार मसान्तसम्म मात्र प्रदान गरिनेछ। साथै बढीमा पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त हुनेछ। ब्याज अनुदान प्रयोजनका लागि सम्बन्धित बै्रक तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य, व्यवसायको प्रकृति, प्रतिफलको अवधि र जोखिमको स्तरलगायतका आधारमा ग्रेस अवधि, किस्ता तथा कर्जा भुक्तानी अवधि निर्धारण गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
यसरी प्रवाह भएको कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा १.५ प्रतिशतभन्दा बढी थप नहुने गरी ब्याजदर कायम गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लाग्ने ब्याजदरमध्ये तीन प्रतिशत हुने रकम नेपाल सरकारबाट अनुदानस्वरुप प्रदान गरिने भएको छर ब्याज अनुदानको रकम ऋणीले सम्बन्धित बैंकलाई तिर्नु वा बुझाउनुपर्ने सम्पूर्ण ब्याज रकम, सुरक्षण शुल्क र बिमा प्रिमियम शुल्क भुक्तानी गरेपछि प्रदान गरिने व्यवस्था गरिएको छ।

‘सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको पाइएमा बाँकी अवधिको ब्याज अनुदान सुविधा उपलब्ध गराइने छैन र त्यस्तो ब्याज अनुदान सुविधा लिइसकेको भए ऋणीबाट सम्पूर्ण अनुदान रकम (ब्याजसहित) असुलउपर गरिनेछ’, कार्यविधिमा उल्लेख छ।

सहुलियतपूर्ण कर्जाको सदुपयोग भए नभएको अनुगमन गर्ने दायित्व सम्बन्धित बैक तथा वित्तीय संस्थाको हुनेछ। कार्यविधिबमोजिम प्रदान गरिने ब्याज, कर्जा सुरक्षण शुल्क र बिमाशुल्क रकम उपलब्ध गराउने प्रयोजनका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंकबाट सञ्चालन हुने गरी अनुदान सोधभर्ना खाता खोल्नेछ।

उक्त खातामा कार्यान्वयन तथा समन्वय समितिको सिफारिसबमोजिम केन्द्रीय निर्देशन समितिको निर्णयका आधारमा मन्त्रालयले रकम उपलब्ध गराउनेछ।

प्रकाशित: २०८२ भदौ १३ गते शुक्रबार ०३:०२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना