२०८३ कार्तिक २२ गते शनिवार

उत्तरतर्फका दुबै नाका ठप्प, चाडपर्व लक्षित सामान आयातमा कठिनाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
tatopani kunda

काठमाडौं – बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी अहिले पनि पूर्ण रूपमा ठप्प हुँदा व्यवसायीहरूले चीनबाट सामान आयात गर्न सकेका छैनन्। जसका कारण उनीहरुले ठूलो आर्थिक नोक्सानी भोगिरहेका छन् भने नजिकिंदै गरेको दशैं तिहार र छठ पर्वमा उपभोक्ताई महंगीको मार पर्नसक्ने देखिएको व्यवसायीहरुले बताएका छन्।

गत असार २४ मा रसुवामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवा नाका बन्द भएको थियो भने विगत १५–२० दिनदेखि तातोपानी नाकामा बारम्बार आएको पहिरोका कारण त्यहाँ पनि सामान आवागमन ठप्प छ। यसले आयात–निर्यात दुवै क्षेत्रमा गंभीर असर पारेको व्यवसायीहरु बताउँछन्।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले रसुवाबाट नेपालतर्फ आउने तीज, दशैँ र तिहार लक्षित फलफूल, स्याउ र अन्य मौसम अनुसारको सामानहरू केरुङमा रोकिएको बताए। उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन्।

सामान्य अवस्थामा यस नाकाबाट दैनिक रुपमा २०–३० ट्रकका दरले सामान आयात हुँदै आएको भएपनि पुल बग्दा सबै ठप्प भएको छ। रसुवाबाट रोकिएका ट्रकहरू केही भाग तातोपानी नाकाबाट आयात भएपनि अहिले तातोपानी नाकापनि बन्द भएपछि वैकल्पिक मार्गहरू पनि अक्षम बनेको कार्कीले बताए।

‘तातोपानी नाकामा हालको स्थिति जटिल छ। न्यालम क्षेत्रको इको भन्ने क्षेत्रमा बारम्बार पहिरो आएपछि नाका ठप्प भएको छ। यस क्षेत्रमा १२ देखि १३ सय कन्टेनर रोकिएका छन, जसको मूल्य अर्बौं रुपैयाँमा पुग्ने अनुमान गरिएको छ। यो चाडपर्व लक्षित सामान समयमै नेपाल ल्याउन नसकिए व्यवसायीले बैंकको ब्याज र गोदाम भाडा भुक्तानी गर्न अझ बढी चुनौती भोग्नुपर्ने छ। त्यसले उनिहरुमाथि आर्थिक भार बढ्ने देखिन्छ,’ कार्कीले भने।

कार्कीका अनुसार रसुवा नाकामा पुल पुनर्निर्माणको काम भइरहेको छ। प्रारम्भिक योजना अनुसार पुल निर्माण असोजको पहिलो हप्तामा सकिने र त्यसपछि नाका खोलिने भनिएको छ । यद्यपि मौसम र निर्माणमा आउने विभिन्न कठिनाइका कारण यो समय केही दिन ढिलाइ हुन सक्ने देखिएको उनले बताए।

रसुवा र तातोपानी दुवै नाका बन्द भएर व्यवसायीहरूले वस्तुहरू समयमै उपलब्ध गराउन नसक्ने हुँदा बजारमा मूल्य वृद्धि र स्टकको समस्या देखिएको उनले बताए। ‘बाटो बिग्रिदा मालसामानहरू लामो समयसम्म भन्सारमा अड्किएका छन्। हामीले गर्मी महिनामा आवश्यक पर्ने लत्ताकपडालगायात मालसामानहरु मगाएका थियौं। अब जाडो मौसम सुरु हुन लाग्यो त्यसैले ती समानहरु अर्को बर्षको गर्मि सिजन सम्म भण्डारण गर्नुपर्ने हुन्छ यस्तो गर्दा सामानहरु बिग्रने सम्भावना बढेको छ,’ उनले भने। जस्तै जुत्ता, ज्याकेट, फलफूल र अन्य छिटो बिग्रिने वस्तुहरू बिग्रन सक्छन्। व्यवसायीहरूले यस समस्याबाट सिर्जित घाटा आफ्नै पुँजीबाट व्यहोर्नु परेको छ। रसुवा नाकामा आएको बाढीले १७ वटा गाडी बगाएको र व्यवसायीहरूले करिब ५० करोड रुपैयाँको नोक्सानी व्यहोरेको अनुमान छ । यसले दिर्घकालीन रुपमा व्यापारमा ठूलो असर परेको छ।’

उनका अनुसार सरकारले वैकल्पिक नाकाको रुपमा केरुङ–कोरुला नाका खुलाउने भने पनि सफल हुन सकेको छैन। उक्त नाकामा भन्सार संरचना अझै तयार छैन । यदि संरचना तयार भए पनि नेपालपट्टि यातायातको दूरी लामो भएकाले लागत र समय दुवै बढ्ने अवस्था देखिन्छ।

केही व्यवसायीहरुले यतिबेला हवाइ मार्गबाट टी–सर्ट, हल्का लुगा र अन्य कम भोल्यूमका सामग्री ल्याउन थालेका छन्। तर यसले बस्तुको लागत मंहगो पर्न जाने र ठूला माल–सामान ल्याउन अप्ठ्यारो हुने अवस्था छ । ठूलो मात्रा र उच्च मूल्यका सामानहरू जस्तै जाडोको वस्त्र, फलफूल र उपभोक्ता लक्षित सामग्री आयात हवाइ मार्ग मार्फत ल्याउन कठिन हुने गरेको उनले सुनाए।
अहिले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टोलीले तातोपानी नाकाको सुचारुको लागि प्रयास गरिरहेको छ। मौसमको सहयोग भए चार–पाँच दिनमै नाका खोल्न सकिने स्थिति रहेको छ। रसुवामा पुल निर्माण सम्पन्न भएपछि पनि नेपालपट्टि यातायात मार्ग तुरुन्तै सुचारु गर्नुपर्ने चुनौती बाँकी नै देखिन्छ।
व्यवसायीहरूले अहिलेको अवस्था व्यवस्थापन गर्न वैकल्पिक बजार र मार्गहरू खोजिरहेको भएपनि संरचनात्मक कमजोरी र प्राकृतिक आपतका कारण वैकल्पिक मार्गहरू प्रभावकारी बन्न नसकेको उन कार्कीले बताए।
‘यस परिस्थितिले स्पष्ट देखाउँछ कि नेपाल–चीन सीमामा निर्भर आयात–निर्यात प्रणालीमा कुनै अवरोध आएमा तत्काल व्यवसायीहरूमा ठूलो आर्थिक भार पर्छ। चाडपर्व लक्षित मालसामानहरूको ढुवानी ठप्प हुँदा मूल्य वृद्धि, स्टकमा समस्या र बैंक ब्याजको भार व्यवसायीहरूले व्यहोर्नु परेको छ।’

नाका र यातायात प्रणालीको दिगो सुधारको व्यवस्था नगरे यस्ता प्राकृतिक आपतका बेला व्यवसायीले ठूलो घाटा भोग्न बाध्य हुनुपर्नेछ। यसले बजारमा मूल्य अस्थिरता, समयमै मालसामान आपूर्ति नहुँदा उपभोक्तामा असुविधा र व्यवसायीमा आर्थिक भार सिर्जना गर्ने देखिन्छ।

समग्रमा, रसुवा र तातोपानी नाका बन्द हुँदा नेपाली व्यापार क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा छ। सरकार, व्यवसायी र चीन पक्षको सहकार्यमा मात्र समयमा आयात–निर्यात सुचारु गर्न सकिन्छ।

प्रकाशित: २०८२ भदौ १९ गते बिहिबार ०३:१०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना