काठमाडौँ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव काठमाडौँ महानगरपालिकाले उनीहरूको घरसम्म पुर्याउने भएको छ।
महानगरले व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्याउन शववाहनको व्यवस्था गरेको हो।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ। आवश्यक सहयोगका लागि ९८५४०४५७०२, ९८५११३३९११ र ९८४१२९७८६१ नम्बरमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
प्रकाशित: २०८२ भदौ २७ गते शुक्रबार ०१:५३