काठमाडौँ: शनिबारदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको अवस्था सामान्य बन्दै गएको छ। सर्वसाधारणहरु आफ्नो दैनिकिमा फर्किएका छन्। स्थानीय सरकारसँग समन्वय गरी देशैभर सार्वजनिक यातायात सञ्चालनमा आएका छन्।
नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशभरका स्थानीय सरकारसँग समन्वय गरेर यातायात सुचारु गरिएको जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित देशैभर प्रदर्शन चर्किएपछि गत मंगलबार आंशिकरूपमा र बुधबारदेखि पूर्णरूपमा सवारी अवागमन ठप्प भएको थियो।
भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ ।


