काठमाडौँ: नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते आन्दोलनको क्रममा ज्यान गुमाउने प्रहरीका परिवारजनलाई प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक(आईजीपी) देखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो।
भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका थिए भने धेरै प्रहरीहरूले आफ्नो ज्यान गुमाउनु परेको थियो।


