काठमाडौँ: सागर डिस्टिलरीको शेयर खरिदका लागि असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ। शेयर खरिदका लागि यसअघि असोज २ गतेसम्म दिइएकोमा असोज १ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएका शहीदहरूको स्मृतिमा सार्वजनिक बिदा दिएपछि कम्पनीले आवेदनका लागि समय थप गरेको हो।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउनेे १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गरेको हो। जसमा १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता विदेशमा रहेका नेपाली र ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई, ४३ हजार ५६० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि शेयर निष्काशन एवं बाँडफाँड भैसकेको छ।
बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर गत भदद ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।
शेयर खरिदका लागि न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्ममा आवेदन दिन सकिनेछ।


