काठमाडौँ: बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।
कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। शेयर खरिदका लागि कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये १ लाख ७० हजार १५० जनालाई मात्र शेयर प्राप्त गरेका छन्।


