काठमाडौँ- एक तोला सुनको मूल्यमा एकैदिन १७ सय रुपैयाँ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बजेटपछि आइतबार पहिलोपटक सुन र चाँदीको मूल्य घटेको हो।
आइतबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको संघले जानकारी दिएको छ। शुक्रबार १ लाख १३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


