काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगका कुनै समयका स्टार क्लब मनाङ मस्र्याङ्दी क्लब र थ्रिस्टार क्लबले यो वर्ष राम्रो टिम बनाउने र लिग जित्ने योजना बनाएनन्। यद्यपि फरक फरक समयमा जारी लिगमा यि दुई क्लब शीर्षस्थानमा पुगेका भने पक्कै हुन्।
तर पछिल्लो समय दुवै क्लबले रेलिगेसन जोन नजिकैको क्षेत्रमा संघर्ष गर्नुपर्यो। मनाङ अहिले केही माथि रहे पनि २३ औं चरण सुरु हुनुपुर्व थ्रिस्टार रेलिगेजनमा रहेको क्लबभन्दा दुई अंकले मात्र अघि थियो। चार पटकको लिग विजेताको त्यो अवस्था पक्कै पनि धेरैले सोचेको भन्दा फरक थियो।
अहिले थ्रिस्टारको समस्या भनेको गोल नहुनु हो। उसले २२ खेलमा १६ गोल मात्र गरेको थियो। १७ गोल बेहोरेको थियो। त्यो संख्या हरेक खेलमा एक गोलभन्दा कम हो। यो स्कोरलाई हेर्दा स्कोरिङमा समस्या देखिए पनि डिफेन्सलाई भने कमेन्ट गने थारै ठाउँ छन्। पिटर सेगुन, विराज महर्जत, विक्रम लामा र अशोक खवास थ्रिस्टारलाई बचाउन धेरै हदसम्म सफल पनि भएका छन्।
‘हाम्रो डिफेन्डरहरुले विपक्षीलाई गोल गर्ने मौका दिएका छैनन्। उनीहरु र मिडफिल्डरले राम्रो खेलिरहेका छन्। अट्याकिङमा युवा खेलाडीले जस्ट थेगिरहेका मात्र छन्। यसका बाबजुद हामी मिहिनेत गरिरहेका छौं। रेलिगेसन चाहिँ पर्दैन,’ शनिबार एपिएफलाई बराबरीमा रोक्न सकेपछि थ्रिस्टारका प्रशिक्षक मेघराज केशीले भने।

यही थ्रिस्टारले आज दशरथ रंगशालामा विभागीय टिम एपिएफलाई हराएर तीन अंक जोड्दै सातौं स्थानमा पुग्ने लक्ष्य राखेको थियो। तर असफल भयो। यद्यपी सुनिल तामाङको गोलले उसलाई हारबाट भने जोगाएको छ। तमाङले खेलको पाँच मिनेट बाँकी रहँदा गोल गरेर खेललाई १–१ को बराबरी गराएका थिए।
‘आजको टफ खेल रह्यो। लिगको अन्तिम चरण आइरहँदा हरेक अंक महत्वपूर्ण छ। आज हामीले तीन अंकको लागि कोसिस गरेको हो। तर श्रम स्विकृतिको समस्याले विदेशी खेलाडी खेलाउन नपाएर गोल गर्न सकिएन,’ खेलपछि थ्रिस्टार क्लबका प्रशिक्षक केसीले भने। अजयी मार्टिन र मथेन्जुवाको वर्क पर्मिट नभएको कारण उनीहरुले खेल्न पाएनन्।
यता एपिएफले भने विदेशी खेलाडलाई टिममा खेलाएको थियो। खेलको २३ औं मिनेटमा एपिएफका मणि लामाले मध्यभागबाट लिएर गएको बल नविन लामालाई दिए। नविनले विक्रम लामालाई बिट गर्दै अघि बढेका मणिलाई नै बल फकाईदिन्छन्। मणिले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर प्रहार गर्छन्। पिटर सेगुन र विराज महर्जन र गोलकिपरलाई मात खुवाउँदै बल सोझै पोष्टमा छिर्छ।
‘सबै टिम ५०–५० हो। हामी चर्च बोइज र जावलाखेललाई नै हराउन नसक्ने क्लब चाहिँ होइन्। हामीलाई त्यो अवसर पनि छ। केही अंकले ति क्लबहरु अघि रहेका छन् तर मैदानमा हेर्नुभयो भने बराबरी नै छन्। हामी ति क्लबलाई काउन्टर दिन्छौं।’
खेलमा लगातार प्रहार गरिरहेको थ्रिस्टार यो गोलपछि पछि पर्यो। उसलाई त जसरी भए पनि गोल गर्नु थियो र जित निकाल्नु थियो। तर त्यस्तो। भएन। पहिलो हाफमा थ्रिस्टार एक गोलले पछि पर्यो। उनसले जित निकाल्न सकेन। अहिले १३ खेलमा थ्रिस्टार जितविहिन छ। त्यसको पीडा त प्रशिक्षकलाई छँदैछ। यद्यपी आफूलाई दबाब नभएको बताउँछन् प्रशिक्षक केसी। ‘मैले खेलाडीको ब्यालेन्स मिलेन भन्ने फिल गरेको हो। केही खेलाडी सँग गफ पनि भएको थियो। तर केही खेलाडी तलब लिएर विदेश गए। धेरे उपलब्ध भएनन्। र, हामीले जति सक्दो बलियो टिम बनाएर मिहिनेत गर्ने गरेको हो। त्यो कुरा खेलाडीले मैदानमा देखाइरहेको पनि छन्।’
प्रशिक्षक केसीले अगिाडि भने, ‘मलाई दबाब छैन। विगत १५,१६ वर्ष देखि एक स्तरका काम गरिरहेको थिएँ। यो वर्ष यो चुनौति फेस गर्न तयार रहेर नै यो क्लबमा र टिममा छु। नेपाली फुटबल यस्तै हो केही कुरामा अप्ठ्यारो मान्नु पर्ने छैन। हामी एकपटक राष्ट्रिय टिममा हुँदा ९ गोल खाएर एक महिना विरामी पर्ने अवस्था पनि पार गरेर आएको हो।’

शनिबारको खेलको अधिकांश समय थ्रिस्टार क्लब एपिएफको दबाबमा देखिन्थ्यो। एफिएफका अब्दुल रबानीले अर्को पटक पनि थ्रिस्टारका डिफेन्डरलाई धेरै दौडाए। तर थप गोल हुन सकेन।
यता, खेलको सुरुबाटै थ्रिस्टारले प्रयास नगरेको भने होइन्। आठौं मिनेटमै दिपेशले १० लाई बल दिएका थिए। १० ले दायाँ साइडबाट एक पाइल अघि बढेर हानेको बल सीधै गोलकिपरको हातमा पुगेर रोकियो। १३ औं मिनेटमा विक्रमले पनि गोलको प्रयास गरे। १९ औं मिनेटमा
मान बहादुरले मगर यो खेलमा थ्रिस्टारका लागि पर्खालको काम गरेका छन्। आयुष श्रेष्ठले हानेको बल सनिसलाई बिट गर्दै तिब्र गतिमा अघि गइरहेको थियो। तर मान बहादुरले गरेको क्लियरबाट एपिएफले सुरुआतमै गोल ब्यहोर्नु परेन।
३२ औं मिनेटमा आदित्य गोलमा असफल रहे। पेनाल्टी बक्सभित्र गोलकिपरलाई डिस्टर्ब गर्न पाइँदैन। तर आदित्यले गोल हान्ने क्रममा गोलकिपरलामाथि फउल गर्न पुगे। गोललाइन नजिकै पुगिसकेको बलले लाइन क्रस गर्नुभन्दा अघि नै रेफ्रीले सिट्टी बजाइहाले। थ्रिस्टारको लागि यो पल अफसोच रह्यो।
दुई मिनेटपछि नविनको फ्रि किक प्रहार गोलकिपर अघि ड्रप भएको थियो। अरमान्ड बेडोम नजिकै थिए। उनले खुट्टा अघि बढाए पनि। तर छुन सकेनन्। बल पोस्टको नजिकैबाट बाहिरियो। रोमाञ्चक खेलमा यो अर्को महत्वपूर्ण मुभ रह्यो।
खेलको सुरुमा थ्रिस्टारले दबाब बनाएको भए पनि २० मिनेटपछि खेललाई थ्रिस्टारले पुरा डोमिनेट गर्यो। तर अन्तिमको १० मिनेट भने खेल निकै सुस्त देखियो। पहिलो हाफ जसरी सकिएको थियो। दोस्रो हाफको पहिलो २० मिनेट त्यस्तै रह्यो। दुवै टिमले राम्रो मुभ बनाएनन्। खेलको ५७ औं मिनेटमा विपक्षीको पोस्टअघि फउलको सिकार भएका मणि लामा भने स्ट्रेचारमा बाहिरएका थिए।
मणी बाहिरएको १० मिनेटमा थ्रिस्टारका अशोक खवासले दायाँ फ्ल्यांकबाट गरेको क्रसलाई गोलकिपरले मैदानतर्फ फर्काका थिए। फर्किएको बललाई अनिल महर्जनले पोस्टतर्फ प्रहार गरे। तर खेलाडीको समूहमा लागेर बल बाहिरियो। खेलको ६७ औं मिनेटमा पोस्टअघि रहेका नविनले गोलको अवसर पाएका थिए। तर उनले बल प्रहार गर्नु र गोलकिपर योगीले बल नियन्त्रण लिनु एकैपटक रह्यो। यो क्षणमा योगी सफल रहे।
त्यसकै काउन्टरमा थ्रिस्टारले सिर्जना गरेको अवसर भने आफैंले गल्ती गरेर खेर फाल्यो। ७७ औं मिनेटको गोल भने अफसाइड रह्यो।
थ्रिस्टारले खेलको पाँच मिनेट बाँकी रहँदा कमब्याक गर्यो। फ्रि किकमा आएको बललाई सूर्य तामाङले गरेको प्रहार ड्रप भएर गोलपोस्टमा छिरेको थियो। यो गोललले थ्रिस्टारलाई लिगको १० औं बराबरीमा पुर्याएको हो। एपिएफलाई जितबाट बञ्चित गरेको हो।
अग्रतालाई सम्हाल्न नसक्दा जित निकाल्न नसकेको बताउँछन् एपिएफका प्रशिक्षक रत्न काजी महर्जन। थ्रिस्टारको दुई विदेशी खेलाडी नभएको मौका पारेर उनी जितको लागि मैदान छिरेका थिए। तर, सफल भएनन्।
‘यो तीन अंक महत्वपूर्ण थियो। नेपाली फुटबलमा थ्रिस्टार राम्रो टिम हो। तर यो खेलभन्दा अघिका खेलमा उसको राम्रो नभएको र विदेशी नभएको कारण हामीले जित निकाल्ने सोचेको हो। अन्तिम पाँच मिनेटमा सम्हालिन नसक्दा गोल भयो। तीन अंकमध्ये दुई अंक गुम्यो।
थ्रिस्टार अब चर्च बोइज र जावलाखेलसँग खेल्दैछ। अंक तालिका हेर्दा लाग्छ। आउँदो खेलले उसलाई रेलिगेसनमा लैजाने त होइन ? प्रशिक्षक केसीको जवाफ छ, ‘खेल्दै जाँदा रेलिगेसनमा फाइट गछौं भन्ने कुरा होइन। हामी १ देखि १४ नम्बर सम्म जहाँ पनि पर्न सकिन्छ। टिमको स्थिति हेदा फाइट गछौं भन्ने चाहिँ लागेको छ। टिमको स्तर जसरी तयार गरेको हो त्यसलाई हेर्दा पक्का थाहा पनि त थियो कि एकदमै गाह्रो हुनेछ। हामीले त फुटबल छोडिसकेको खेलाडी पनि ल्याएका छौं नि।’

थ्रीस्टारका प्रशिक्षक मेघराज केसी। तस्बिर : एन्फा
अब थ्रिस्टारले चर्च बोइज र जावलाखेलको सामना गर्नेछ। यि दुवै क्लब निकै बलिया छन्। तर आफ्र जित निकाल्न सक्षम रहेको बताउँछन प्रशिक्षक केसी, ‘सबै टिम ५०–५० हो। हामी चर्च बोइज र जावलाखेललाई नै हराउन नसक्ने क्लब चाहिँ होइन्। हामीलाई त्यो अवसर पनि छ। केही अंकले ति क्लबहरु अघि रहेका छन् तर मैदानमा हेर्नुभयो भने बराबरी नै छन्। हामी ति क्लबलाई काउन्टर दिन्छौं।’
अहिले रेलिगेसनमा रहेको फ्रेन्ड्र र खुमलटारसँग एक वा दुई खेलको मात्र फरक छ। त्यसले पनि उसलाई दबाब त छ। ‘हामी दबाब देखाएर खेल्दैनौं। अब आउँदा दुई खेलमा जस्तो खेलाडी छ त्यसलाई नै प्रयोग गर्ने हो। हाम्रो विदेशी पनि भएनन्। फरवार्ड तीन जना नयाँलाई नै एकैपटक राखेको हो,’ प्रशिक्षक केसीले भने, ‘एक प्रकारको टिम तयार गरेको हो। अब हामी त्यसबाट भाग्न त सक्दैनौं। टेन्सत त होला, प्रुभ गरेर देखाउने कुरा पनि छ। १४ क्लबले यो स्विकार गर्नै पर्छ। एक टिमले जित्छ। जे पनि हुनसक्छ। त्यसले रियल स्पोट्स पर्सनलाई फरक पर्दैन भन्ने लाग्छ।’



