काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा ८ सय रुपैयाँले बढेको छ। आज प्रतितोला सुनको मूल्य २ लाख १६ हजार रहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै यसदिन चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन २ हजार ५८० रुपैयाँमा कारोबार भैरहेको छ।


