२०८३ कार्तिक २२ गते शनिवार

दुई महिनामा आयो ३३ अर्ब वैदेशिक लगानी प्रतिबद्धता,सूचना प्रविधि र कृषिमा बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
dollar

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को भदौसम्म २३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड २० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो।

विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना संख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ। कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा दुई अर्ब ८१ करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा छ अर्ब ६९ करोड २० लाख, सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।

त्यस्तै, पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ। उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि छ खर्ब ८४ अर्ब ५१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको जनाएको छ।

वैदेशिक लगानी तीन खर्ब ३३ अर्ब

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई स्टक) १२.७ प्रतिशत बढेको छ। गत वर्षसम्म वैदेशिक लगानी स्टक तीन खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

यसमा चुक्ता पुँजी ८.२, सञ्चितिको २२.७ र ऋण ५ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एफडीआई सर्वे रिपोर्टले देखाएको छ।गत आर्थिक वर्ष अर्ब १२ अर्ब चार करोड रुपैयाँ एफडीआई आएको थियो।

हालसम्म सबैभन्दा बढी एफडीआई छिमेकी भारतबाट आएको छ। कूल एफडीआईमा भारतको हिस्सा ३२.३ प्रतिशत छ। यस्तै दोस्रोमा छिमेकी चीन रहेको छ। चीनको हिस्सा १०.२ प्रतिशत छ।

यस्तै सिङापुरमा ८.३, आयरल्याण्डको ७, दक्षिण कोरियाको ६.१, अष्ट्रेलियाको ५.९, वेस्ट इन्डिजको ४.४, अमेरिकाको ४.२, आइसले म्यानको ३.४, हङकङको ३.३ र अन्य मुलुकको १४.९ प्रतिशत रहेको छ । कूल एफडीआईमा १० मुलुकको हिस्सा ८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतबाट अहिलेसम्म एक खर्ब सात अर्ब ६३ करोड रुपैयाँ एफडीआई आएको छ भने चीनबाट ३३ अर्ब ८२ करोड २६ लाख र सिङापुरबाट २७ अर्ब ६६ करोड ४० लाख रुपैयाँ एफडीआई आएको छ।

यसैगरी आयरल्याण्डमा २३ अर्ब १४ करोड, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड, अष्ट्रेलियाबाट १९ अर्ब ७१ करोड, वेस्ट इन्डिजबाट १४ अर्ब ७५ करोड, अमेरिकाबाट १३ अर्ब ८२ करोड, आइसले अफ म्यानबाट ११ अर्ब ४० करोड, हङकङबाट ११ अर्ब र अन्य मुलुकहरुबाट ४९ अर्ब ७७ करोड रुपैयाँ आएको राष्ट्र बैंकले जनाएको छ।

सबैभन्दा बढी एफडीआई विद्युत, ग्यास र एयरकन्डिसनमा आएको छ। यसमा एफडीआईको हिस्सा साढे २९ प्रतिशत रहेको छ। यस क्षेत्रमा ९८ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै उत्पादनमुलुक क्षेत्रमा ९७ अर्ब ५६ करोड, वित्त तथा बिमा क्षेत्रमा ८१ अर्ब ३९ करोड, एकोमेडेसन एन्ड फूड सर्भिसमा २६ अर्ब ९० करोड रुपैयाँ एफडीआई आएको छ।

गत वर्ष विश्वभर १५ खर्ब आठ अर्ब ८८ करोड डलर एफडीआई प्रवाह भएको छ। विकसित अर्थतन्त्रमा छ खर्ब ४१ अर्ब ६० करोड, विकासिशील अर्थतन्त्रमा आठ खर्ब ६७ अर्ब २० करोड प्रवाह भएको छ। यसमध्ये एसियामा छ खर्ब चार अर्ब र दक्षिण एसियामा ३४ अर्ब ६० करोड डलर एफडीआई प्रवाह भएको छ।

साढे १२ अर्ब लाभांश फिर्ता

आर्थिक वर्ष २०८०/०८१ मा १२ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ वैदेशिक लगानीबापतको लाभांश फिर्ता गएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा उक्त लाभांश पाँच अर्ब रुपैयाँले घटेको छ।

आर्थिक वर्ष २०७९/०८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांशबापत नेपालबाट बाहिरिएको थियो। त्पादन उद्योगमा गरिएको लगानीबाट आठ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ फिर्ता गएको छ।

वित्तीय तथा बिमा क्षेत्रमा गरिएको लगानीबाट दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता गएको केन्द्रीय बैंकले जनाएको छ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरिएको लगानीबाट ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ । सूचना प्रविधि क्षेत्रमा गरिएको लगानीबाट एक करोड ४५ लाख रुपैयाँ लाभांशबापत विदेशिएको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष ०७८/७९ मा १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांशबापत विदेशिएको थियो भने आर्थिक वर्ष ०७७०७८ मा २६ अर्ब सात करोड ६६ लाख रुपैयाँ लाभांशबापत बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।्

निराशाजनक अवस्था

नेपालमा वैदेशिक लगानी अवस्था निराशाजनक छ । प्रतिवद्धताको भन्दा ज्यादै न्यून वैदेशिक लगानी आउने गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ वैदेशिक लगानी आएको छ । वैदेशिक लगानी आउन नसकेका बेला सोमबार र मंगलबार भएको जेनजी आन्दोलनकारी हिंसात्मक बन्दा बहुराष्ट्रिय कम्पनी पनि तारो बनेका छन् ।

यसको उदाहरण हो राजधानीको नक्सालमा रहेको हिल्टन होटल, ह्यात रिजेन्सी होटल र मोबाइसेवा प्रदायक एनसेल आजियटा प्रालि आक्रामककारीको निशाना बनेका छन्।

बहुराष्ट्रिय कम्पनीहरुमाथि भएको आक्रामणले नेपालमा वैदेशिक लगानी अझै घट्ने जोखिम बढाएको छ। उद्योगी व्यवसायीले हत्तोसाहित नभएको र अब झन उठ्छौं भने पनि उनीहरुको मनोबल एकदमै गिरेको छ ।

जेन्जी प्रदर्शनकारीले आगजनी गर्दा पाँचतारे हिल्टन होटल पूर्ण रूपमा क्षति भएको छ । यस्तै अर्को पाँचतारे होटल ह्यात रिजेन्सी र एनसेलको कार्यालयमा भने आंशिक क्षति पुगेको छ ।

सरकार माओवादीबीच एक दशक लामो युद्ध, ऋतिक रोशन काण्ड, दरबार हत्याकाण्ड, मधेश आन्दोलन, विनासकारी भूकम्प, नाकाबन्दी र कोरोना महामारीसँग जुध्दै आएको निजी क्षेत्र जेन्जीको हिंसात्मक आन्दोलनले उठन नसक्ने अवस्थामा पुगेको छ ।

नेपालमा रोजगारीको अवसर नभएको भन्दै युवाहरुमा निराशाको व्यापार हुँदै गएका बेला जेन्जी आन्दोलनले ठूलो क्षति गरेपछि हजारौं युवा बेरोजगारी भएका छन्। रोजगारीको आवाज उठाउँदै आएको युवाले निजी क्षेत्रमाथि गरेको आक्रामणले गर्दा अब नेपालमा रोजगारी बढ्ने संभावना घटेर गएको छ।

प्रकाशित: २०८२ असोज ४ गते शनिवार ०२:५३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना