२०८३ कार्तिक २२ गते शनिवार

नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
gold (5)

काठमाडौँ: नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ। दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ। सुन केवल गहना मात्र नभई पुँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ। नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो। विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा, जस्तै अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, वा मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ आकर्षित गर्छन्। सुनलाई ‘सेफ हेवन’ (सुरक्षित आश्रय) मानिने भएकाले यस्ता घटनामा यसको मूल्य आकस्मिक रूपमा बढ्छ।

त्यसैगरी, नेपालले सुन आयात गर्ने क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ। डलर बलियो हुँदा रुपैयाँ कमजोर बन्छ, जसको सीधा असर सुनको मूल्यमा पर्छ। पछिल्ला वर्षहरूमा रुपैयाँ कमजोर बन्दै गएकोले आयातित सुनको मूल्य बढ्न गएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ निर्धारण गरिएको छ। आजभन्दा एक वर्ष अघि आजकै दिन अमेरिकी डलर एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ रहेको थियो। अमेरिकी सरकारले विभिन्न देशलाई लगाएको ट्यारिफ वा व्यापार युद्धले गर्दा पनि नेपालमा त्यसको प्रभाव पर्न गई सुनको मूल्य बढीहरेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ।

यसका साथै विश्वका विकसित मुलुकहरुले नै यतिबेला अमेरिकी डलरलाई रिजर्भ करेन्सीबाट हटाएर विकल्प खोज्न थालेकाले गर्दा त्यसको प्रत्यक्ष प्रभाव विश्वको अर्थमन्त्रमापर्न गई सुनको मूल्य निरन्तर उकालो लागिरहेको महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन्।

उनका अनुसार नेपालमा शेयर बजार अस्थिर छ भने बैंकमा लगानी गर्दा ब्याजदर अपेक्षाकृत कम छ। यस्तो अवस्थामा सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्छन्। यसले भित्री बजारमै माग बढाउँछ र मूल्य वृद्धि हुन्छ।

प्रकाशित: २०८२ असोज ६ गते सोमबार ११:५१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना