काठमाडौँ: नेसनल लाइफ इन्स्योरेन्स लिमिटेडले एक लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ। कम्पनीका विभिन्न शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले उक्त शेयर अन्य शेयरधनीका लागि बिक्री गर्न लागेको हो।
बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार कम्पनीको शेयर बिक्रीका लागि पहिलो प्राथमिकतामा कम्पनीकै शेयरधनीहरूलाई दिनुपर्ने हुन्छ। जसअनुसार कम्पनीले विद्यमान शेयरधनीले खरिद गर्न सक्नेगरी ३५ दिने सूचना जारी गरेको हो।
३५ दिनभित्र प्रर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ। बिक्री गरिने संस्थापक शेयरको बिक्री मूल्य प्रचलित मूल्यअनुसार हुनेछ।


