काठमाडौं। लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ मा १५ करोड ९० लाख कारोबार गरि १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ। संस्थाले गत आर्थिक वर्षमा राज्यलाई ९ लाख रुपैयाँ राजश्वमा योगदान दिएको छ।
संस्थाले कारोबारलाई बढाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र आगामी दिनहरुमा अत्याधुनिक प्रविधिको प्रयोगमा जोड दिदै नयाँ प्रविधिको लागि लागत कम गरी उपयोग गर्ने सेयर सदस्यको लागि विशेष योजना ल्याई काम गर्ने संस्थाका अध्यक्ष श्यामप्रसाद पौडेलले बताए।
साधारणसभा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
संस्थाले गरेका सकारात्मक कामको वडाध्यक्ष भट्टराई प्रशंसा गरी स्थानीय तहले पुर्ण सहयोग गर्ने समेत बतएका छन्।
संस्थाका कार्यकारी प्रमुख कल्याण पौडेलले सभामा प्रस्तुत सबै प्रतिवेदन उपस्थित सदस्यबाट पारित गरिएको जानकारी दिए। यस्तै संस्थाले आगामी ४ वर्षे कार्यकालको लागि श्यामप्रसाद पौडेलको अध्क्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको बताए।
उनकाअनुसार उपाध्यक्ष कमला मैनाली ,सचिव श्यामप्रसाद पौडेल (बी) कोषाध्यक्ष सन्तोषहरि अधिकारी ,सदस्यहरु शंकरप्रसाद पौडेल ,उषा कोइराला र प्रतिक पौडेल र लेखासुपरिवेक्षण समितितर्फ बिमलकुमार पौडेल संयोजक ,मुकुन्द पौडेल र संजय कुमार पौडेल सदस्य चयन भएको उनले जानकारी दिए।


