काठमाडौँ: लगातारको वर्षापछि आएको बाढीले गएराति मेची करिडोरमा रहेका तीन पुल बगाएको छ।
केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको बेलिपुल र जोगमाई बेलिपुल बाढीले बगाएको हो।
ठाउँ ठाउँमा गएको बाढी पहिरोले मेची राजमार्ग बन्द रहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार मेची राजमार्गअन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा पहिरो खसेको छ।


