काठमाडौँ: आज (आइतबार) र भोलि (सोमबार) शेयर बजार बन्द रहने भएको छ। सरकारले वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द गरिएको ह्यो। विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर आज अन्य सरकारी कार्यालयहरू बन्द रहनेछन्।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।
दशैँ बिदापछि पहिलोपटक आइतबार खुल्ने भनिएको शेयर बजार सार्वजनिक बिदा भएसँगै अब मंगलबारदेखि मात्रै खुल्नेछ।


