काठमाडौँ: शुक्रबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले बिजुली उत्पादन गरिरहेका १३ वटा जलविद्युतको उत्पादन बन्द भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले संकलन गरेको तथ्यांकअनुसार बाढी पहिरोका क्षतिका कारण उत्पादन तत्कालका लागि बन्द भएको हो।
ती जलवद्युतको उत्पादन क्षमता १०५ मेगावाट रहेको छ।
क्षतिग्रस्त संरचनामा इन्टेक, ट्रान्सफर्मर भवन, पावर हाउस, पाइपलाइन, टनेल, र हेडवर्क्सहरू रहेका छन्। केही आयोजना पूर्ण रूपमा बगाएर लगिएको छ भने केहीमा संरचना भत्किएर उत्पादन अवरुद्ध भएको हो।
चार वटा जलविद्युत आयोजनाको उत्पादन डिले हुने पनि इप्पानले जनाएको छ। यस्तै निर्माणाधीन माइभ्याली हाइड्रोपावरमा पनि क्षति पुगेको छ।
यी हुन् बाढीपहिरोले बन्द भएका जलविद्युत आयोजना



