काठमाडौँ: व्यावसायिक घराना गोल्छा ग्रुप परिवारको आधा स्वामित्व रहेको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडको स्टिल व्यापार बढ्दै गएको छ। यो वर्ष उद्योगले १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको स्टिल कारोबार गरेको छ। सन् २०२४ मा उद्योगले १२ अर्ब ७१ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो।
यस्तै २०२३ मा १२ अर्ब सात करोड, २०२२ मा १५ अर्ब २५ करोड, २०२१ मा ११ अर्ब ३८ करोड ५० लाख र २०२० मा ६ अर्ब आठ करोड रुपैयाँको स्टिल कारोबार गरेको थियो।
तुलनात्मक रूपमा कम प्रतिस्पर्धाले उद्योगले आर्थिक वर्ष २०२५ मा ९ प्रतिशतको सन्तोषजनक अपरेटिङ प्रोफिट मार्जिन कायम राखेको छ। आर्थिक वर्ष २०२४ मा यस्तो नाफा ११ प्रतिशत थियो। यसबाहेक भन्सार सुरक्षा र घरेलु बजारमा राम्रो मागले कम्पनीको आम्दानीको आधारलाई समर्थन गरेको छ। जुन सामान्य आर्थिक मन्दीको बाबजुद आर्थिक वर्ष २०२५ मा धेरै हदसम्म स्थिर रहेको देखिन्छ।

हुलास स्टिल सन् १९८१ देखि सञ्चालनमा आएको हो। त्यसैले यसको स्थापित बिक्री सञ्जाल र बलियो ब्रान्ड मुख्यतया सिट खण्डमा हुलाससँग विविध उत्पादन पोर्टफोलियो पनि छ। जसले २०२५ को कूल आम्दानीमा ४५ योगदान दिएको छ। यस्तै पाइपको १९ प्रतिशत, आल्मुनियम वस्तुको ९ प्रतिशत रहेको छ। विविधिकरण आम्दानीका लागि राम्रो संकेत हो।
उद्योगले नौ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। दीर्घकालिन ऋण एक अर्ब ३७ करोड ३३ लाख र अल्पकालिन ऋण आठ अर्ब २८ करोड ५५ लाख रुपैया छ। हुलास मुलुकको ठूलो स्टिल उत्पादकमध्ये एक हो। उद्योगले स्टिल सिटका साथै ग्याल्भेनाइज्ड र कलर पाइपहरू उत्पादन गर्दछ भने हट रोल्ड स्टिल सिटहरु भारतबाट आयात गर्दछ।
उद्योगसँग एचआर सिटलाई सिआर सिटमा रूपान्तरण गर्न इनहाउस कोल्ड रोलिङ मिलहरू छन्। जसले स्टिल सिट उत्पादनहरूको लागि यसको आवश्यकतालाई धेरै हदसम्म पूरा गर्दछ। वार्षिक उत्पादन क्षमता चार लाख ८१ हजार ७६२ टन छ। पाइप उत्पादन क्षमता ५० हजार र ग्याल्भेनाइज्ड सिट तीन लाख ९४ हजार ७०० टन रहेको छ।
बाँकीमा अन्य सहायक उत्पादनहरू जस्तै आल्मुनियम संरचनाहरू, वेल्डेड संरचना, पाइप फिटिङ समावेश छन्।
हुलासमा बर्मुडामा स्थापना भएको चार्नली डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत र बाँकी ५० प्रतिशत दीवाकर गोल्छा ग्रुप परिवारको स्वामित्व छ। हुलासमा जयश्री गोल्छाको २१, हिमांशु गोल्छाको ६, हितेस गोल्छाको ६ र हुलास मेटल क्राफ्टको ६ प्रतिशत हिस्सारहेको छ।


