२०८३ कार्तिक २२ गते शनिवार

कालिकोटका स्थानीय तहमा तीन अर्ब बेरुजु, सान्नी त्रिवेणीमा सबैभन्दा धेरै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
kalikot

सुर्खेत: कालिकोटका स्थानीय तहमा करिब तीन अर्ब बेरुजु रहेको छ। स्थानीय तहको निर्वाचन भएको दुई कार्यकालको मध्यसम्म आइपुग्दा यहाँका स्थानीय तहमा दुई अर्ब ९९ करोड ५४ लाख पाँच हजार रुपैयाँ बेरुजु देखिएको हो। स्थानीय तहमा बेरुजु बर्सेनी बढेको तथ्याङ्कले देखाएको छ।

कालिकोटमा सबैभन्दा धेरै बेरुजु शान्नित्रिवेणी गाउँपालिकामा ३१ करोड ५४ लाख ५१ हजार रहेको छ भने सबै भन्दा कम तिलागुरफा नगरपालिकामा १३ करोड २७ लाख ८ हजार रुपैयाँ रहेको छ।

महाबै गाउँपालिकामा एक वर्षको अवधिमा ३ करोड ८७ लाख ९४ हजार बेरुजु थपिएको छ। ६८ करोड १० लाख १४ हजारको लेखापरीक्षण गर्दा महाबैमा असुल गर्नुपर्ने ६९ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४३ लाख ६५ हजार, नियमित गर्नुपर्ने ४५ लाख ५४ हजार र पेश्की बाँकी २८ लाख ९४ हजार बेरुजु थपिएको हो। आर्थिक बर्ष २०७९/०८० सम्म १९ करोड ६१ लाख २१ हजार बेरुजु रहेको महावै गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्म २३ करोड ४९ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

शुभकालिका गाउँपालिकामा पछिल्लो एक बर्षमा पाँच करोड बढी बेरुजु रकम थपिएको छ। ९८ करोड ८० लाख ७५ हजारको लेखापरीक्षण गर्दा शुभ कालिकामा एक वर्षको अवधिमा पाँच करोड ४३ लाख २५ हजार बेरुजू थपिएको महालेखाको प्रतिवेदनमा उल्ले छ। शुभ कालिकामा प्रतिक्रियाबाट २ करोड १० लाख २८ हजार फच्र्योट गरिएको थियो।

शुभ कालिकामा बाँकी रहेको ३ करोड ३२ लाख ९७ हजारमध्ये असुल गर्नुपर्ने १३ लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड १३ लाख ९७ हजार, नियमित गर्नुपर्ने १ करोड ९३ लाख १४ हजार र पेस्की बाँकी १२ लाख ५० हजार रहेको छ। आर्थिक वर्ष २०७९/०८० सम्म १७ करोड ७९ लाख ८९ हजार बेरुजु रहेको शुभ कालिकामा आर्थिक वर्ष २०८०/०८१ मा २१ करोड १२ लाख ७१ हजार पुगेको छ।

आर्थिक वर्ष २०७९/०८० सम्म नरहरिनाथ गाउँपालिकामा १७ करोड ६० लाख ६ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ७७ लाख ८६ हजार बेरुजु थपिएर १९ करोड ३७ लाख ९२ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। नरहरिनाथ गाउँपालिकामा एक वर्षको थपिएको बेरुजूमध्ये असुल गर्नुपर्ने १३ लाख ३८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५६ लाख ५९ हजार, नियमित गर्नुपर्ने ९७ लाख ५३ हजार र पेश्की बाँकी १० लाख ३६ हजार रहेको छ।

सान्नी त्रिवेणी गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० सम्म २८ करोड ९९ लाख ६८ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०८०/०८१ सम्म ३० लाख ८७ हजार फच्र्योट र १७ लाख ४६ हजार सम्परीक्षणबाट थप भई अद्यावधिक बेरुजु ३१ करोड ५४ लाख ५१ हजार पुगेको हो। सान्नी त्रिवेणी गाउँपालिकामा ९३ करोड ६७ लाख ३६ हजारको लेखापरीक्षण गरिएकोमा दुई करोड ६८ लाख २४ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

सान्नी त्रिवेणीमा प्रतिक्रियाबाट फच्र्योट नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २५ लाख ९३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९५ लाख ७० हजार, नियमित गर्नुपर्ने १ करोड ३१ लाख ४२ हजार र पेस्की बाँकी १५ लाख १९ हजार रहेको छ।

पचालझरना गाउँपालिकामा ८४ करोड १३ लाख २४ हजारको लेखापरीक्षण गर्दा १ करोड १५ लाख ७० हजार बेरुजु रहेको छ। आर्थिक वर्ष २०७९/०८० सम्म २० करोड १५ लाख ८८ हजार बेरुजु रहेको उक्त गाउँपालिकामा २०८०/०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड ३१ लाख ५८ हजार रहेको हो।

तिलागुफा नगरपालिकामा १ अर्ब १० करोड ४८ लाख ८६ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ६३ लाख ४५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। तिलागुफामा आर्थिक वर्ष २०७९/०८० सम्म ११ करोड ८३ लाख ६३ हजार बेरुजु रहेको थियो। आर्थिक वर्ष २०८०/०८१ सम्म उक्त नगरपालिकामा अद्यावधिक बेरुजु १३ करोड २७ लाख ८ हजार पुगेको छ। प्रतिक्रियाबाट ४ लाख ७९ हजार फस्र्योट भई बाँकी बेरुजू १ करोड ५८ लाख ६६ हजार मध्ये असुल गर्नुपर्ने ११ लाख ६९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४३ लाख २२ हजार, नियमित गर्नुपर्ने ८३ लाख ६५ हजार र पेश्की बाँकी २० लाख १० हजार रहेको छ।

रास्कोट नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० सम्म १९ करोड ३८ लाख ३६ हजार बेरुजू रहेकोमा आर्थिक वर्ष २०८०/०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड ४५ लाख १७ हजार रहेको पुगेको छ। १ अर्ब १५ करोड ७४ लाख ७८ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ६ लाख ८० हजार बेरुजू देखिएको छ। प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २३ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ५१ लाख ७२ हजार, नियमित गर्नुपर्ने १४ लाख १३ हजार र पेस्की बाँकी १७ लाख ५१ हजार रहेको छ।

खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० सम्म २१ करोड ८१ लाख ९३ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०८०/०८१ सम्म उक्त नगरपालिकामा अद्यावधिक २७ करोड १२ लाख ५८ हजार पुगेको छ। एक अर्ब १८ करोड ५५ लाख ४ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ३३ लाख ७१ हजार बेरुजु देखिएको छ। प्रतिक्रियाबाट बेरुजू फस्र्योट नभई बाँकी बेरुजु मध्ये असुल गर्नुपर्ने ७५ लाख ४२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४६ लाख ३५ हजार, नियमित गर्नुपर्ने १ करोड १२ लाख १३ हजार र पेस्की बाँकी ९९ लाख ८१ हजार रहेको छ।
आर्थिक वर्ष २०७९/०८० सम्म ३० करोड १३ लाख १९ हजार बेरुजू रहेकोमा आर्थिक वर्ष २०८०/०८१ सम्म पलाँतामा अद्यावधिक बेरुजु ३१ करोड २४ लाख ७५ हजार पुगेको हो। पलाँता गाउँपालिकामा एक अर्ब २ करोड ३९ लाख ८९ हजारको लेखापरीक्षण गरिएकोमा एक करोड १२ लाख ३७ हजार बेरुजु देखिएको छ। प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ३६ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५३ लाख ३४ हजार, नियमित गर्नुपर्ने २० लाख २८ हजार र पेश्की बाँकी २ लाख ३० हजार रुपैयाँ रहेको छ।

 

आर्थिक वर्ष २०८०/०८१ सम्मको बेरुजू

महाबै गाउँपालिका २३ करोड ४९ लाख १५ हजार
शुभ कालिका गाउँपालिका २१ करोड १२ लाख ७१ हजार
नरहरिनाथ गाउँपालिका १९ करोड ३७ लाख ९२ हजार
सान्नी त्रिवेणी गाउँपालिका ३१ करोड ५४ लाख ५१ हजार
पचालझरना गाउँपालिका २१ करोड ३१ लाख ५८ हजार
तिलागुफा नगरपालिका १३ करोड २७ लाख ८ हजार
रास्कोट नगरपालिका २१ करोड ४५ लाख १७ हजार
खाँडाचक्र नगरपालिका २७ करोड १२ लाख ५८ हजार
पलाँता गाउँपालिका ३१ करोड २४ लाख ७५ हजार

 

प्रकाशित: २०८२ असोज २९ गते बुधबार १२:५६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना