काठमाडौँ: नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत ५० रुपैयाँका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ। बैंकले ४२ करोड थान नोट छपाइका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो।
छपाइ तथा डिजाइनका लागि सो कम्पनीलाई करिब १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी अन्य कम्पनीहरूमध्ये सो कम्पनीले सबैभन्दा कम लागत प्रस्ताव गरेपछि छपाइको जिम्मेवारी पाएको हो।
रु ५० का ४२ करोड थान गरेर कुल २१ अर्ब रुपैयाँ राष्ट्र बैंकले छपाइ गर्न लागेको हो।


