२०८३ कार्तिक २२ गते शनिवार

तरकारी बेचेर वार्षिक ९ लाख आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
tarkari

ढोरपाटन: ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झरेकी थिइन्। गाउँबाट बजार झरेकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो। बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपथ्र्यो। दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन।

आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उनलाई बारीमा काम गर्ने इच्छा जाग्यो। त्यसपछि जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्न थालिन्। अहिले उनी बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित छिन्। बागलुङ नगरपालिका–४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो। बजार नजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन। उहाँको बारीमा बाह्रै महिना तरकारी फल्छन्।

बुढाथोकीले तरकारीसँगै पोहोर सालदेखि च्याउखेती पनि सुरु गरेकी छन्। विसं २०७५ मा श्रीमान् र छोराछोरीसँगै बागलुङ झरेकी बुढाथोकीले बागलुङ नगरपालिका–४ मा १५ रोपनी जमिन वार्षिक रु ८३ हजार भाडा तिर्नेगरी लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गरेकी छन्। च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा र विभिन्न तरकारीसँगै बुढाथोकीको बारीमा मसलाजन्य अदुवा र बेसार पनि उत्पादन हुन्छ। अहिलेसम्म रु २५ लाखभन्दा बढी लगानी गरेको उनले बताइन्।

बुढाथोकीले भनिन्, “सुरुमा दिन कटाउन गाह्रो भएको थियो, अहिले दिनभर बारीमा काम गर्दा कति छिटो साँझ पर्छ पत्तै हुँदैन, यतिकै बस्नुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने हिसाबले तरकारीखेती गर्न थालेकी थिएँ, अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ।”

बुढाथोकीले तरकरीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको बताइन्। तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छन्। मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएकी छन्। रिममायालाई श्रीमान् कपिल र छोराछोरीले पनि समयसमयमा सघाउँछन्।

बुढाथोकीले तरकारीखेती विस्तार र व्यवस्थापन गर्न समयसमयमा विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेकी छन्। उनले यसै वर्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट च्याउखेतीका लागि टनेल व्यवस्थापन गर्न रु चार लाख सहयोग प्राप्त गरेको बताइन्। अनुदान पाएपछि उत्पादन वृद्धि गर्न सहज भएको उनको भनाइ छ। तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादनमा बढाउन समस्या भएको उनले सुनाइन्।

अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रबाट दुईवटा टमाटर टनेल र यस वर्ष मसला बाली व्यवस्थापनका लागि प्रविधि सहयोग प्राप्त गरेको उनले बताइन्। बागलुङ नगरपालिकाबाट समेत तीन वर्ष पहिले सहयोग प्राप्त गरेको बुढाथोकीको भनाइ छ। सिँचाइका लागि पानीको सुविधा नहुँदा समस्या भोग्नुपरेको उनले गुनासो पोखिन्।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले किसानलाई प्रोत्साहन गर्न अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताइन्। समयसमयमा फार्ममै पुगेर परामर्शसमेत प्रदान गर्ने गरेको उनको भनाइ छ। बजार क्षेत्रमै राम्रो तरकारी उत्पादक किसानको छबि बनाएकी बुढाथोकीलाई आवश्यक तालिम र उपकरण पनि दिने प्रमुख सिलवालले बताइन्। पछिल्लो समय बागलुङमा धेरै किसान तरकारीखेतीतर्फ आकर्षित भइरहेको उनी बताउँछिन्। यहाँ उत्पादन भएको तरकारीले बजार नपाउने समस्या नभएको सिलवालको भनाइ छ।

प्रकाशित: २०८२ कार्तिक २ गते आईतबार ०८:२८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना