काठमाडौँ: तिहार सकिएलगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ।
काठमाडौँको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरूमा ग्राहकहरू भेटिन थालेका छन्। आज सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि सुनको मूल्य घटेको हो।
सुनको मूल्यमा आएको यस्तो तीव्र गिरावट पछिल्लो समय अमेरिकी डलरको कमजोर स्थिति, सरकारी ऋण वृद्धि, र लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोज्दै आएको प्रवृत्तिसँग सम्बन्धित मानिएको छ।
डोनाल्ड ट्रम्पको व्यापार नीतिहरू र विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन भण्डारण गर्न थालेको कारणले अघिल्ला हप्तासम्म मूल्य निरन्तर बढ्दै गएको थियो।




























