काठमाडौँ: प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेस गरेअनुसार बैंकले शेयर बिक्रीमा राखेको हो।
सोमबार प्रकाशित सूचनाअनुसार विभिन्न १० संस्थापक शेयरधनीका नाममा रहेको २ लाख ४० हजार ७०४ कित्ता शेयर बिक्रीमा राखिएको हो।
बैंकले यसअघि शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने आवेदन खुला गरेको थियो। तर उक्त अवधिमा उक्त शेयर बिक्री नभएको हो। संस्थापक शेयरधनीले खरिद नगरेपछि बैंकले सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो। इच्छुक सर्वसाधारणले १५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयरसहित आवेदन दिनुपर्छ।
शेयर किन्न चाहनेले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा शेयर खरिद गर्नका लागि निवेदन दिन सक्नेछन्।


