२०८३ कार्तिक २२ गते शनिवार

कर्जा लगानी बढ्न सकेन, राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तानेको तान्यै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
nrb2

काठमाडौं। चालू आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीति लिए पनि कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जा प्रवाहमा सुधार नआएपछि राष्ट्र बैंकले हप्तैपिच्छे जस्तोे निक्षेप संकलन उपकरणको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूबाट धमाधम अधिक लगानीयोग्य रकम (तरलता) तानिरहेको छ।

लचिलो मौद्रिक नीतिबाट निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतसमेत कमी आई आर्थिक गतिविधि सहज हुने अनुमान राष्ट्र बैंकको लिएको विपरित कर्जा विस्तार नहुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्दा ठूलो क्षति भएको छ। यसको तारो व्यावसायिक प्रतिष्ठानहरु बने भने जेनजी आन्दोलनपछि व्यवसायीहरूमा लगानी गर्ने मनोबल खस्किएको छ। अहिले निजी क्षेत्र लगानी गर्ने अवस्थामा छैन्।

यसले गर्दा आगामी दिनमा कर्जा प्रवाह खुम्चिएर बैंकिङ प्रणालीमा तरलता अझ बढ्ने सम्भावना देखिएको छ। भाटभटेनी सुपरस्टोर, पाँचतारे हिल्टन होटललगायत थुप्रै व्यावसायिक घरानामाथि आगजनीले मुलुकमा थप लगानी आउने सम्भावना कम हुँदै गएको छ। व्यवसायिकको घरमा भएको तोडफोड र आगजनीले मनोबल थप कमजोर बनाएको छ। यद्यपि, निजी क्षेत्रले खरानी टकटक्याएर उठ्ने प्रण गरेको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट धमाधम बैंकिङ प्रणालीबाट तानिरहेको छ। यसले मुलुकको अर्थतन्त्र शिथिल अवस्थमा रहेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेर ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। हालसम्म बैंक तथा वित्तीय संस्थाले ५६ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लगानी गरेको तथ्याँक छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) फराकिलो भएर ७४.५३ प्रतिशतमा झरेको छ। यसले कर्जा लगानी नभएको देखाउँछ। बैंकिङ प्रणालीमा झण्डै आठ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ।

चार महिनामा नौ खर्ब ५८ अर्ब तरलता प्रशोचन

आइतबार कार्तिक १६ गतेसम्म १९ पटक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट नौ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ तरलता तानेको छ। आइतबार मात्रै राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ।पछिल्लो समय अधिक तरलता भएपछि केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन विधि अबलम्बन गरेको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा स्थायी निक्षेप सुविधामार्फत दुई सय १५ खर्ब ८ अर्ब ४० करोड र निक्षेप संकलन बोलकबोलमार्फत ३१ खर्ब ४२ अर्ब ९५ करोड गरी कुल दुई सय ४६ खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले जनाएको छ।

दुई वर्षको अवस्था हेर्दा अघिल्लो वर्ष पाँच प्रतिशत र गत वर्ष ८ प्रतिशत मात्र कर्जा विस्तार भएको छ। गत वर्ष साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो। यसपाली राष्ट्र बैंकको १२ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ।

ब्याजदर करिडोरमार्फत ब्याजदर २.७५ प्रतिशत तल नजाने नीति लिएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढी भएपछि ब्याज तिरेर उठाउने गरेको छ। कम भएमा बजारमा पठाउने गरेको छ। तरलता प्रशोचन गर्दा मात्रै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २.७५ प्रतिशत ब्याज भुक्तान गर्छ।

राष्ट्र बैंकले तरलता प्रशोचनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूलाई वार्षिक अर्बौं रुपैयाँ ब्याज तिर्दै आएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गत माथिल्लो सीमाका रूपमा बैंक दर ६ प्रतिशत कायम गरेको छ।

ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरलाई ३ बाट घटाई २.७५ प्रतिशत बनाएको छ। नीतिगत दरलाई ५ बाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ। हाल अन्तरबैंक ब्याजदर औसत २.७५ प्रतिशत छ।

गत वर्ष लक्ष्य हासिल गर्न राष्ट्र बैंक असफल भएको छ। गत आर्थिक वर्षमा निजी क्षेत्रमा कर्जा विस्तार ८.४ प्रतिशतमा सीमित भएको थियो। गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूले चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ थप कर्जा लगानी गरेका छन्।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्यअनुसार ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने थियो। अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत मात्र बढेर दुई खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ बढेको थियो।

आउँदो तीन महिनामा कर्जा विस्तार राम्रो हुने अनुमान केन्द्रीय बैंकले गरेकोमा आन्दोलनले कर्जाको माग अझ घटाउने सम्भावना बढेको छ। यो वर्ष राष्ट्र बैंकले लिएको लक्ष्य पुरा गर्न सात खर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ । यसअघि पाँच खर्ब रुपैयाँ हारहारीमा मात्र कर्जा जाने देखिएकोमा त्यो पनि पुरा नहुने भएको छ।

दुई वर्ष अर्थतन्त्रमा देखिएको शिथिलताले बैंक तथा वित्तीय संस्थाको कर्जा असुली पनि प्रभावित भएको छ। गत आर्थिक वर्षमा निष्क्रिय कर्जा अनुपात बढेर ४.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष ३.७३ प्रतिशत थियो।

प्रकाशित: २०८२ कार्तिक १६ गते आईतबार १०:५५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना