काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ।
अघिल्लो दिन शुक्रबार पनि सुन तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ९आज० घटेर ३ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६१९ रुपैयाँमा कारोबार भैरहेको छ।


