काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कार्यवाहक डीसीओ निरञ्जन फुयाँलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
फुयाँलले निजी क्षेत्रको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नेप्सेको कामु नायव प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका हुन् । गैर आवासीय नेपालीको मुख्य लगानीमा स्थापना भएको उक्त इन्भेस्टमेन्ट कम्पनी नेप्सेमा सूचीकृत छ।
उनले दशैँ अघि नै राजीनामा दिएका थिए । उनको राजीनामा पनि स्वीकृत भइसकेको नेप्से स्रोतले जनाएको छ।


