२०८३ कार्तिक २२ गते शनिवार

नेपाल-भारत संयुक्त प्राविधिक बैठकः तीन ठूला अन्तरदेशिय प्रसारण लाइन बनाउन सहमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
agreement

काठमाडौं। नेपाल र भारतबीच तीन ठूला अन्तरदेशिय प्रसारण लाइन बनाउन सहमति भएको छ। चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइन, निजगढ -मोतीहारी ४०० केभी डबल सर्किट र लमही-लखनउ ४०० केभी लाइन बनाउने सहमति भएको हो।

नेपाल भारत सहसचिवस्तरिय संयुक्त प्राविधिक टोलीको पोखरामा सम्पन्न १७ औं बैठले तीन नयाँ प्रसारण लाइन र चारवटाको क्षमता विस्तार र सञ्चालन गर्ने विषयमा सहमति भएको हो।

नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षतामा भएको बैठकले यस्तो सहमति गरेको हो।

जसअनुसार चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आआफ्नो तर्फको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलिले दुवै देशको संयुक्त प्राविधिक टोलीले आउँदो नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको छ।

दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडी बढाउने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

बैठकले निजगढ-मोतीहारी ४०० केभी डबल सर्किट लाइनको डीपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त तयार पार्ने निर्णय गरेको छ।

यसैगरी लमही-लखनउ ४०० केभी प्रसारण लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुरसम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने भएको छ।

इनरुवा-पूर्णिया र लम्की-बरेली ४०० केभी लाइन बनाउन दिल्लीमा हस्ताक्षर

यस बाहेक नयाँ बुटवल-गोरखपुर ४०० केभी लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ। उक्त प्रसारण लाइनमार्फत विद्युत आयात निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको छ।

ढल्केवर मुजफ्फरपुर तथा ढल्केवर-सीतामढी लाइनमार्फत विद्युत आदान प्रदान क्षमताको पुनर्मूल्यांकन भएको छ। जसअनुसार नेपालबाट १५ सय मेगावाटसम्म विद्युत निर्यात र १४ सय मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ।

ढल्केवर-मुजफ्फरपुर ४०० केभी लाइनको रिकन्डक्टरिगमा उच्च तापक्रम सहनसक्ने एचटीएलएस प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अघि बढाउन अध्ययन हुने भएको छ।

रक्सौल-परवानीपुर र रामनगर गण्डक १३२ केभी लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने सहमति भएको छ।

गत साता दुई देशबीच नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की-दोदोधारा(बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात सम्झौता भएको छ। बिजुली व्यापारका लागि धमाधम ठूला प्रसारण लाइन निर्माण हुन लागेका हुन्।

प्रकाशित: २०८२ कार्तिक १९ गते बुधबार ०८:३१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना