काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। यसदिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको हो।
मंगलबार तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ९९० मा झरेको छ।


