काठमाडौं। सार्वजनिक निजी साझेदारीमा निर्माण भएको मध्य भोटेकोसी आयोजनाबाट गत बिहीबारदेखि व्यापार विद्युत उत्पादन सुरु भएको छ। विकासकर्ता कम्पनी मध्यभोटेकोसी जलविद्युत कम्पनीले यस्तो जानकारी दिएको हो। प्रणालीमा १०२ मेगावाट बिजुली थप भएको छ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडल सहायक कम्पनीमार्फत मध्यभोटेकोसी निर्माण गरेको हो। आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ।


