काठमाडौँ: बैंकिङ प्रणालीमा बढी तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गरिनेछ।
राष्ट्र बैंकले निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा प्रस्ताव पेस गर्न आग्रह गरेको छ। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ १८ गते हुने बताइएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।


