काठमाडौँ: बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ। यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो। आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ।
मंगलबारको बजारमा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो।
यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले घटेको छ। फ्लोट इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ।
यस दिन भुगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दिपुर केबलकारको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज दरमखोला इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेर ५२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, माबिलुङ इनर्जीको शेयर मूल्य प्रतिकित्ता ८.२१ प्रतिशतले घटेर ५१६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। कम्पनीको मात्र ४० करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। यस कम्पनीले आज लाभांस घोषणा गरेको छ। कम्पनीले चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको हो। तर, यसदिन यो कम्पनीको शेयर मूल्य भने घटेको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।


