२०८३ कार्तिक २२ गते शनिवार

लाइन काटिएका सबै उद्योगमा बक्यौता रकमको पहिलो किस्ता बुझाएसँगै जोडियो बिजुली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २७
transmission_line

काठमाडौँ: डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै उद्योगका लाइनहरू अहिले फेरि जडान भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार, २८ किस्तामा तिर्नुपर्ने बक्यौतामध्ये पहिलो किस्ता बुझाएपछि ती उद्योगहरूमा बिजुली आपूर्ति नियमित भएको हो।

केही समयअघि बक्यौता विवादका कारण २५ वटा उद्योगको लाइन काटिएको थियो। तीमध्ये तीन उद्योगले नियमित महसुल नै नतिरेका कारण पहिल्यै लाइन काटिएको थियो। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, अहिले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका कारण मात्रै कुनै उद्योगको बिजुली काटिएको छैन।

‘तीन उद्योगमध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्टले नियमित महसुल नै तिरेका छैनन्, र उद्योग पनि पहिले नै बन्द थिए,’ ढकालले भने। ‘त्यस्तै अर्को उद्योगले त आफ्नो ट्रान्सफर्मर नै मर्मत नगरी बन्द गरेको छ।’

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पनि हालका लागि प्रिमियम बक्यौताका कारण कुनै उद्योग अन्धकारमा नरहेको बताए। ‘सबै औद्योगिक ग्राहकले पहिलो किस्ता बुझाएका छन्,’ उनले भने, ‘त्यो रकम आएपछि हामीले सबै उद्योगमा लाइन जडान गरिसकेका छौँ।’

प्राधिकरणले गत असोज १२ गतेदेखि नै बक्यौता भुक्तानीका लागि २८ किस्ताको योजना ल्याएको थियो र २१ कार्यदिनको समय दिएको थियो। सो अवधिभित्र १३ उद्योगले भुक्तानी गरे पनि बाँकी २५ को लाइन काटिएको थियो। त्यस क्रममा, कात्तिक ४ गते प्रमुख छ उद्योगको लाइन र कात्तिक ७ गते राति बाँकी उद्योगहरूको लाइन काटिएको थियो।

तर, विवादमा रहेका छ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएपछि उनीहरूको लाइन काटिएको थिएन। त्यस्तै, सरकारी स्वामित्वका हेटौँडा र उदयपुर सिमेन्टले भने पहिल्यै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए।

१३ वटा उद्योगले त लाइन नकाटिँदै बक्यौता तिर्न सुरु गरेका थिए। प्रवक्ता ढकालका अनुसार, हुलास स्टिलले १४ करोडभन्दा बढी बक्यौता मध्ये पहिलो किस्ता ५० लाख ४३ हजार बुझाएको छ। त्यसैगरी सिमराको अशोक स्टिल्सले ६३ लाख, हामा आइरन एन्ड स्टिल्स, लक्ष्मी स्टिल्स र सर्वोत्तम सिमेन्टलगायतले पनि किस्ताबन्दी सुविधा प्रयोग गरेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालका अनुसार, तत्काल समस्या समाधान भए पनि विवादको अन्तिम निर्णय भने अझै बाँकी छ।
‘कुनै कुरा मन नपरे उद्योगीहरू न्यायिक निकायमा जान सक्नेछन्,’ उनले भने, ‘हामीले त्यसमा सहजीकरण गर्न तयार छौँ।’

उनका अनुसार, पहिलो किस्ता बुझाएका दुई उद्योग अहिले विद्युत् नियमन आयोगमा पुगेका छन्, र प्राधिकरणले पनि त्यसलाई सकारात्मक रूपमा लिएर प्रक्रियामा सहभागी हुने तयारी गरेको छ।

प्रकाशित: २०८२ कार्तिक २७ गते बिहिबार ११:०५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना