२०८३ कार्तिक २२ गते शनिवार

बैंकहरूले जोखिम लिन डराएको गभर्नर पौडेललको निश्कर्ष, कर्जा प्रवाह बढाउन सीईओलाई दिए निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २८
foto

काठमाडौँ। बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएर समस्या आउन लागेपछि नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई कर्जा प्रवाह बढाउन निर्देशन दिएका छन्।

बैंक तथा वित्तीय क्षेत्र आफैं एक व्यवसाय भएकाले आर्थिक समृद्धिको आधार उत्पादन र व्यवसायमा हुने लगानी नै भएको गभर्नर पौडेलले बताए। उनले बैंकहरूले जोखिम लिन डराएर कर्जा प्रवाह रोक्ने प्रवृत्ति लामो समय टिक्न नसक्ने चेतावनी दिए।

“लगानीविना आर्थिक समृद्धि हासिल हुँदैन, अर्थतन्त्र बलियो बनाउन व्यवसायमै लगानी गर्नुपर्छ। देशको अर्थतन्त्र वृद्धि नभए कसैको उन्नति हुँदैन,” गभर्नर पौडेलले भने।

उनले पछिल्ला वर्षहरूमा तीव्र रूपमा फैलिएको सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि बैंकहरूले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। अन्य मुलुकका प्रभावकारी नीतिहरू अध्ययन गरेर नेपालका लागि उपयुक्त प्रणाली ल्याउन राष्ट्र बैंक तयार रहेको उनले बताए।

कर्जा प्रवाहमा देखिएको सुस्तीको अर्को कारण ऋणीहरू कालोसूचीमा पर्ने दर बढ्नु पनि रहेको गभर्नर पौडेलको भनाई छ। उनका अनुसार झन्डै १० लाख उद्यमी रहेको देशमा डेढ लाखभन्दा बढी ऋणी कालोसूचीमा हुनु अस्वाभाविक हो।

“कालोसूचीका कारण कतै कर्जा लिनेहरूको संख्या घटेको त होइन भन्ने विषयमा पनि राष्ट्र बैंकले छलफल थालेको छ,” उनले भने।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार २०४६ सालदेखि कात्तिक २७ गतेसम्म एक लाख ९४ हजार ८९३ जना ऋणी कालोसूचीमा परेको छ। चालु आर्थिक वर्षमा मात्र १९ हजारभन्दा बढी नयाँ ऋणी कालोसूचीमा थपिएका छन्।

गभर्नर पौडेलले चेक बाउन्ससम्बन्धी कानुनी व्यवस्थालाई अत्यधिक आपराधिकरण गर्नु उपयुक्त नहुने बताएका छन्। उनका अनुसार यस विषयमा नीतिगत पुनरावलोकन आवश्यक देखिएको छ।

समग्रमा, कर्जा प्रवाहको गति नबढ्दा बैंकिङ प्रणालीमा थुप्रिरहेको तरलता, बढ्दो कालोसूची र सुस्त आर्थिक गतिविधिले अर्थतन्त्रमा दबाब बढेको छ। गभर्नर पौडेलले बैंकहरू, निजी क्षेत्र र नियामकबीच सहकार्य बढे मात्र वर्तमान अवस्थाबाट बाहिर निस्कन सकिने निश्कर्ष प्रस्तुत गरेका छन्।

यता बजारमा कर्जाको माग भने बढेको छैन। कर्जा विस्तार नहुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी( तरलता) अत्यधिक मात्रामा थुप्रिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

हाल बैंकिङ प्रणालीमा निक्षेप ७४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ५६ खर्ब ४१ अर्ब रुपैयाँमा सीमित छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.४२ प्रतिशतमा झरेको छ, जुन कर्जाको माग निकै कमजोर रहेको संकेत हो।

बैंकिङ क्षेत्रभित्र मात्रै झन्डै १० खर्ब रुपैयाँभन्दा बढी अतिरिक्त तरलता रहेको राष्ट्र बैंकले जनाएको छ।

तरलता अत्यधिक बढेपछि राष्ट्र बैंकले पछिल्ला साताहरूमा अल्पकालिन निक्षेप संकलन गर्ने उपकरणको अवधि ५६ दिनबाट बढाएर १८० दिन पुर्याएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म मात्र राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको तरलता तानेको छ।

यसैबीच बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदा पनि कर्जा प्रवाह नबढ्नु केवल बैंकहरूको समस्या नभई सिङ्गो अर्थतन्त्रकै चुनौती भएको बताए। उनले पर्यटकीय गतिविधि बढ्दै गएको, पुनर्निर्माणले बजार चलायमान बनाउने र चुनावी प्रक्रियाले आर्थिक गतिविधि बढाउने भएकाले अहिलेको समस्या स्थायी नभएको टिप्पणी गरे।

त्यस्तै, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले बैंक प्रणालीमा रहेको अत्यधिक तरलता चाँडो व्यवस्थापन गर्न लघुवित्त संस्थाहरूले प्रवाह गर्न पाउने कर्जा सीमा बढाउनुपर्ने धारणा राखे।

 

प्रकाशित: २०८२ कार्तिक २८ गते शुक्रबार ०४:०९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना