काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ जारी गरेको छ।
संशोधन अनुसार अब नेप्सेमा सुचिकृत रहेका सम्पूर्ण कम्पनीले लाभांशको रुपमा बोनस शेयर वितरण गर्दा बोनसमा लाग्ने लाभांश कर सम्बन्धित कम्पनीले नै लाभांशबाट मिलान गरि भुक्तानी गर्नु पर्ने छ।
अर्थात् अब लगानीकर्ताले बोनस शेयर पाउनको लागि बोनसमा लाग्ने लाभांश कर आफूले तिर्नु पर्नेछैन।
अधिकांश कम्पनीले करको लागि पनि व्यवस्था गर्ने गरेको भएपनि केही कम्पनीले त्यस्तो व्यवस्था नगरेकोले बोर्डले निर्देशिका नै संशोधन गरेको हो।



