काठमाडौँ: नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौँदेखि कन्याकुमारीसम्म सफर गर्ने भएको छ। कम्पनीका तर्फबाट अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल सफरमा निस्किएका हुन्।
उनीहरूले मंसिर १७ देखि मंसिर २९ सम्म चल्ने १३ दिने यात्रामा करीब ८,००० किलोमिटर दूरी पार गर्नेछन्।
यात्राका क्रममा प्रतिदिन ८ देखि १९ घण्टा सडकमा बिताउने योजना छ। टोलीले विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गरिरहेको छ, जुन लामो दूरीका यात्राका लागि सहजता, शक्तिशाली प्रदर्शन र विश्वसनीयताका कारण प्रिमियम एसयूभीका रूपमा परिचित छ।
टक्सनमा रहेको अल–ह्विल ड्राइभ प्रणाली, उच्च ग्राउन्ड क्लियरेन्स र बलियो संरचनाले विभिन्न सडक अवस्थाहरूमा सहजता प्रदान गर्नेछ। फराकिलो क्याबिन, भेन्टिलेटेड सिट, र यात्रुको आरामका लागि पछाडिको सिटमा गरिएको क्याराभान–स्टाइल विश्राम व्यवस्थाले यो यात्रालाई थप सहज बनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार यस्तो स्तरको रोड ट्रिपले नेपाली युवामा बढ्दो साहसिक यात्राको संस्कृति उजागर गर्नासाथ सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान र सुरक्षित सडक गतिशीलता चेतनालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।







