२०८३ कार्तिक २१ गते शुक्रबार

सहास ऊर्जाको साधारणसभाः बूढीगण्डकी आयोजना बनाउन हकप्रद सेयरबाट चार अर्ब ५७ करोड जुटाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २५
him_pathak

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत साहस ऊर्जा लिमिटेडले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलासय जलविद्युत आयोजना बनाउन सत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीको बुधबार राजधानीमा सम्पन्न १२ औं वार्षिका साधारणसभाले सतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको अध्यक्ष हिमप्रसाद पाठकले नेपाल क्लिक्सलाई बताए।

साधारणसभाले पारित गरेपछि कम्पनीलाई हकप्रद सेयर जारी गर्न बाटो खुलेको छ।

नियामक विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि हकप्रद सेयर निष्कासन हुनेछ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। उक्त बोनस सेयर वितरणमा लाग्ने कर १.१० प्रतिशत रहेको छ।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी बढेर चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। सोही रकमबराबर बोनस सेयर निष्कासन गरेर आयोजनालाई लगानी जुटाउने तयारी कम्पनीको छ।

हकप्रद सेयर जारीपछि सहास ऊर्जाको चुक्ता पुँजी दोब्बर बढेर नौ अर्ब १४ करोड ७६ लाख रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा कम्पनीले ९० करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको छ। गत वर्ष सहास ऊर्जाले बिजुली बेचेर दुई अर्ब ६४ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ।

अघिल्लो वर्ष साहस ऊर्जाले बिजुली बेचेर दुई अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

सहास ऊर्जाले बुढीगण्डकी आयोजना व्यवसायी दीपक मल्होत्राबाट दुई अर्ब रुपैयाँमा खरिद गरेको हो। उनले टाइम्स इनर्जीमार्फत आयोजना बनाउन लागेका थिए।

साहस ऊर्जाको २१ प्रतिशत बोनस सेयर, ३४१ मेगावाटको बुढीगण्डकी बनाउन हकप्रद सेयर जारी गर्ने

उनलाई लगानी जुटाउन नसकेका बेला साहस ऊर्जाले आयोजनाको स्वामित्व खरिद गरेको हो। बूढीगण्डकी निजी क्षेत्रले बनाउन लागेको सबैभन्दा ठूला जलविद्युत आयोजना हो।

नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ। आयोजना बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।

आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ। कुल हेड ३९८ मिटर रहने छ।

सुक्खायाममा पनि आयोजना दैनिक पाँच घन्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ। दैनिक पाँच घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको कम्पनीले जनाएको छ।

आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ।

बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ। बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। बाँधको उचाइ ३८ मिटर हुने कम्पनीले जनाएको छ।

विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ।

आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बनाइरहेको ४०० केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ।

आयोजना गण्डकी प्रदेश गोरखाको चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ ।

साहस ऊर्जाले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) आयोजना बनाई अहिले सञ्चालन गरिरहेको छ। आयोजनाले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन थालेको हो। यस्तै कम्पनीले पाँच मेगावाटको हुग्दी खोला आयोजना पनि सञ्चालन गरिरहेको छ।

प्रकाशित: २०८२ मङ्सिर २५ गते बिहिबार ०८:३०
प्रतिक्रिया

थप समाचार

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना