काठमाडौं। अरनिको राजमार्गअन्तर्गत विस्तार भइरहेको काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डको जनागाल क्षेत्रमा सडक कालोपत्रे गरिँदै छ।
स्थानीयका कारण डेढ वर्षदेखि रोकिएको उक्त क्षेत्रमा दुई साताअघिबाट विस्तार कार्यलाई निरन्तरता दिइएको छ।
सम्झौता्अनुसार भोलि शुक्रबार समयसीमा सकिए पनि म्याद थपेर विस्तारलाई अघि बढाइने सूर्यविनाय–धुलिखेल सडक आयोजनाले जनाएको छ।


