२०८३ कार्तिक २२ गते शनिवार

आईपीओ अनुमति माग्ने कम्पनीको विवरण अब बाह्य लेखापरीक्षकले जाँच्ने, कार्यविधि बनाउँदै सेबोन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
sebon
धितोपत्र बोर्ड नेपाल।

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति दिनु अघि कम्पनीहरूले पेस गर्ने वित्तीय विवरण आवश्यक परेको अवस्थामा बाह्य लेखापरीक्षकमार्फत परीक्षण गराउने तयारी थालेको छ।

आईपीओ अनुमति माग्दै आवेदन दिएका कम्पनीहरूको वित्तीय विवरणको विश्वसनीयतामाथि शंका लागेमा स्वतन्त्र तथा विज्ञ लेखापरीक्षकबाट जाँच गराउने सम्बन्धमा स्पष्ट कानुनी र प्रक्रियागत व्यवस्था गर्न सेबोनले कार्यविधि बनाउन लागेको हो।

बोर्ड स्रोतका अनुसार यससम्बन्धी कार्यविधिको मस्यौदा तयार पार्न सेबोनका सञ्चालक आन्दराज शर्मा वाग्लेको अध्यक्षतामा समिति गठन गरिएको छ। सेबोनको सञ्चालक समिति बैठकले वाग्लेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रतिनिधिका रूपमा सेबोनको सञ्चालक रहेका वाग्ले नेतृत्वको समितिमा सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, एक जना डेपुटी कार्यकारी निर्देशक तथा चार्टर्ड एकाउन्टेन्ट सदस्य रहेका छन्।

समितिलाई कुन अवस्थामा, कस्ता कम्पनीको र कुन आधारमा वित्तीय विवरण बाह्य लेखापरीक्षकबाट परीक्षण गराउने भन्ने विषयमा आवश्यक मापदण्ड तय गर्दै कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ। स्रोतका अनुसार यो नीति कुनै एक कम्पनीलाई मात्र लक्षित नभई आईपीओ, हकप्रद सेयर र (एफपीओ) का लागि अनुमति माग्ने सबै कम्पनीमा लागू हुने गरी बनाइँदैछ।

सेबोनका एक अधिकारीका अनुसार अनुमति माग गर्दै आवेदन पेस गर्ने कम्पनीको वित्तीय विवरणमा अस्वाभाविक अंक, पुराना विवरण प्रयोग गरिएको शंका, लेखापरीक्षणमा कमजोरी देखिएको अवस्था वा अन्य कुनै कारणले शंका लागेमा विज्ञ बाह्य लेखापरीक्षकबाट परीक्षण गराइने व्यवस्था गर्न लागिएको हो।

‘यसका लागि स्पष्ट मापदण्डसहितको कार्यविधि आवश्यक भएकाले समिति गठन गरिएको हो,’ ती अधिकारीले नेपाल क्लिक्ससँग भने, ‘समितिले मस्यौदा तयार पारेर सञ्चालक समितिबाट स्वीकृत भएपछि शंका लागेका कम्पनीको वित्तीय विवरण बाह्य परीक्षण गराइनेछ।’

धितोपत्रसम्बन्धी ऐनमा आवश्यक परे आईपीओ निष्कासन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेस गरेको वित्तीय विवरण लेखा विशेषज्ञबाट जाँचबुझ गराउन सकिने व्यवस्था पहिले नै रहेको छ। यही कानुनी व्यवस्थाको आधारमा सेबोनले अब बाह्य लेखापरीक्षण गराउने स्पष्ट मापदण्ड र प्रक्रिया तय गर्न लागेको हो।

पछिल्लो समय सेबोनले दुई वर्षअघिकै वित्तीय विवरणका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई तय मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको विषयमा बजारका जानकारहरूले प्रश्न उठाएका थिए। यस्ता विवादित विषय दोहोरिन नदिन र सेयर बजारप्रति लगानीकर्ताको विश्वास मजबुत बनाउन बाह्य परीक्षणको व्यवस्था आवश्यक भएको बताइन्छ।

यसअघि पनि सेबोनसँग धितोपत्र दर्ता गराएका संगठित संस्थाले समयमै लेखापरीक्षण नगराएमा वा लेखापरीक्षक नियुक्त गर्न नसकेको अवस्थामा बोर्ड आफैंले लेखापरीक्षक नियुक्त गरी हिसाबकिताबको जाँचबुझ गराउन सक्ने व्यवस्था छ। नयाँ कार्यविधिले यस्तो व्यवस्थालाई अझ स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

वाग्ले नेतृत्वको समितिले आईपीओ निष्कासन गर्ने कम्पनीहरूको क्षेत्रगत अवस्थासमेत विश्लेषण गरी आवश्यक सूचक र मापदण्ड सिफारिस गर्नेछ। सेबोनले कार्यविधि लागू भएपछि आईपीओ अनुमति प्रक्रिया थप विश्वसनीय, पारदर्शी र विवादरहित हुने विश्वास लिएको छ।

प्रकाशित: २०८२ मङ्सिर २९ गते सोमबार ०७:३४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना