बागमती। बागमती प्रदेशले चालू आर्थिक वर्षको पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ।
चाल्र आर्थिक वर्ष २०८२०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बजेट पारित भएको थियो।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत रहेको छ।
यस्तै श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९।५५ प्रतिशत बजेट खर्च गरेको छन्। सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ।


