२०८३ कार्तिक २१ गते शुक्रबार

जलविद्युतमा लगानी बढाउदै सिंगटी हाइड्रो, नारखोला र मोदी लान्द्रुक आयोजनामा दुई अर्ब लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २४
sangati

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १६० मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ।

सिंगटी इनर्जीले ९९ मेगावाटको मोदी लान्द्रुक जलविद्युत आयोजनामा एक अर्ब र ६१ मेगावाटको नारखोला आयोजनामा एक अर्ब रुपैयाँ लगानी गर्ने भएको हो। यी दुई आयोजनालाई लगानी जुटेर निर्माण सुरु भइसकेको छ।

नारखोला आयोजना नारखोला हाइड्रो इनर्जी प्रालि र मोदी लान्द्रुक आयोजना अन्नपूर्ण विद्युत विकास कम्पनीले निर्माण थालेको हो।

कम्पनीले ह्वाविटाट पावर कम्पनी लिमिटेड र अर्विट इनर्जी लिमिटेडमा लगानी गरिसकेको छ। कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

सिंगटी इनर्जीको गत सोमबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले दुई ठूला जलविद्युत अयोजनामा दुई अर्ब रुपैयाँ संस्थापक सेयरमा लगानी गर्ने प्रस्ताव पारित गरेको छ। उक्त रकम कम्पनीले हकप्रद सेयर जारी गरेर जुटाउने भएको छ। एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको सिंगटी इनर्जीले जानकारी दिएको छ।

गत वर्षको नाफाबाट साढे १४ करोड रुपैयाँ बोनस सेयर वितरणपछि सिंगटी हाइड्रोको चुक्ता पुँजी बढेर तीन अर्ब चार करोड ५० लाख रुपैयाँ पुगेको छ। सतप्रतिशत हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई छ अर्ब नौ करोड रुपैयाँ पुग्ने भएको छ।

६१ मेगावाटको नारखोला जलविद्युत आयोजना बनाउन लगानी जुटेको छ। आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले ऋण लगानी गर्ने भएका छन्।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जसमा बैंकहरुले नौ अर्ब ६३ करोड ऋण र संस्थापकहरुको इक्विटी तीन अर्ब २१ करोड रुपैयाँ रहेको छ।

आयोजनाले आगामी तीन वर्षभित्र विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको जानाएको छ। मनाङिस्थत नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो। कम्पनीले विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ।

आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहनेछ। वार्षिक ३६ करोड ६४ लाख ८ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाको हेडरेस टनेल ८ किलोमिटर लामो रहेको छ।

आयोजनाको बाँध तथा हेडवक्सका संरचनाहरु नार्पा भुमी गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत गृहमा नार्पा भुमी र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्गमार्फत पेनस्टक पाईपको प्रयोग गरी विद्युतगृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ।

आयोजनाबाट उत्पादित विद्युत विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ।

यस्तै कम्पनीले ९९ मेगावाटको मोदी लान्द्रुक जलविद्युत आयोजनालाई लगानी जुटेको छ। आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइसहित आधा दर्जन बैंकको १२ अर्ब २० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ।
आयोजनामा ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र लुम्बिनी विकास बैंकको लगानी हुने भएको छ। आयोजना बनाउन कूल १६ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

आयोजनामा बैंकहरुले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्धक कम्पनीको लगानी हुने भएको छ।

आयोजनाले बिजुली बेचेर वार्षिक तीन अर्ब ३४ करोड रुपैयाँ आम्दानी गर्नेछ।

अन्नपूर्ण विद्युत विकासद्धारा प्रवद्र्धित लान्द्रुक मोदी आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्दछ। आयोजना विश्वकै तेस्रो ‘हाई हेड प्रोजेक्ट’ र नेपालमा सबैभन्दा धेरै उचाइ भएको आयोजना भएको छ।

उक्त आयोजनाको हेडवक्सदेखि विद्युतगृहसम्मको उचाई १४ सय १८ मिटर रहेको छ। नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो।विद्युत प्राधिकरणसँग पीपीए भैसकेको छ।

आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले तोकिएको समय भन्दा अगावै विद्युत उत्पादन गर्ने योजना कम्पनीको छ। कम्पनीले आयोजना निर्माणका क्रममा केबलकार पूर्वाधार बनाएको छ।

 

प्रकाशित: २०८२ पुस २४ गते बिहिबार ११:२०
प्रतिक्रिया

थप समाचार

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ। कार्तिक १९ गतेसम्म कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ...

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना