२०८३ असोज १८ गते आईतबार

भारतीय भन्सार नीतिको प्रभाव, नारायणी आयलको व्यापार १३१ प्रतिशत बढेर पुग्यो सवा १० अर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २४
narayani_oil

काठमाडौं। भारतको भन्सार नीतिका कारण नेपाली खानेतेल उत्पादन गर्ने उद्योगहरुको व्यापारमा चमक आएको छ। सञ्चालनमा रहेका अधिकांश ठूला उद्योगको खानेतेल व्यापार बढेको छ।

यसैक्रममा चाचन ग्रुपले सञ्चालन गरिरहेको नारायणी आयल रिफाइनरी उद्योगको व्यापारमा उछाल आएको छ। एक वर्षको अवधिमा उद्योगको खानेतेल व्यापार १२३ प्रतिशत बढेर १० अर्ब २१ करोड ४० लाख रुपैयाँ पुगेको छ।

सन् २०२४ मा खानेतल व्यापार चार अर्ब ५८ करोड ७० लाख रुपैयाँ थियो। एक वर्षमा उद्योगको खानेतेल व्यापार पाँच अर्ब ६२ करोड ७० लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। २०२३ मा उद्योगको तेल व्यापार छ अर्ब ४१ करोड १० लाख रुपैयाँ थियो।

उद्योगले तेल उत्पादनका लागि कच्चा सोया, पाम, र सनफ्लावर जस्ता वस्तु विदेशबाट आयात गर्दै आएको छ। कूल आम्दानीको ९० प्रतिशत कच्चा वस्तु आयातमा खर्च भएको उद्योगले जनाएको छ।कच्चा वस्तुहरु अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया र युक्रेनबाट आयात हुने गरेको छ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्यमा हुने उतारचढावले पनि कच्चा वस्तुको लागतमा असर पर्ने गरेको छ।

सन् २०२४ सेप्टेम्बरमा भारत सरकारले कच्चा र प्रशोधित सूर्यमुखी तेलमा भन्सार शुल्क क्रमशः २० र ३२.५ प्रतिशत बढाएको थियो। साउथ एसिया फ्रि ट्रेड एरिया (साफ्टा) अन्तर्गत ट्यारिफ आर्बिट्रेज अवसरको कारण नारायणी आयल जस्ता प्रशोधन उद्योगहरुलाई भारतमा निर्यात सम्भावना बढ्दा व्यापारमा चमक आएको हो।

भारतको भन्सार नीतिले बाबा भेजिटेवलको व्यापारमा उछाल, छ अर्बको खानेतेल कारोबार

यो वर्ष पनि नेपाली तेल उद्योगहरुले भारत निर्यात गरेर ठूलो लाभ पाउने संभावाना देखिएको छ। साफ्टाअन्तर्गत ट्यारिफ आर्बिट्रेजसँग सम्बन्धित हालको अनुकूल निर्यात अवसरहरूको पुँजीकरण गर्दै उद्योगले नाफा मार्जिन कायम राख्ने देखिएको छ।

तरकारीका लागि तेल अत्यावश्यक वस्तुहरू भएकोले मागको सम्भावना बढ्दै गएको छ। यसबाहेक, घरेलु बजारमा उत्पादन भन्दा माग बढी छ।

उद्योग सन् १९८९ मा स्थापना भएको हो। उद्योग वीरगञ्जमा रहेको सुक्खा बन्दरगाहबाट चार किलोमिटर दुरी लिपनीमाल बारामा रहेको छ।

उद्योगले सोयाविन, पामआयल र तोरीको तेल उत्पादन गर्दै आएको छ। उद्योगको उत्पादन क्षमता वार्षिक एक लाख २८ हजार पाँच सय टन रहेको छ। उद्योगले त्रिशक्ति, आरोग्य, स्माइल, श्री, निलम, कुन्दन र निलकमल ब्राण्ड तेल नेपाली बजारमा रहेका छन्।

उद्योगले पाँच अर्ब १७ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। ए फोर रेटिङ स्कोर पाएको छ। यो वर्षको पाँच महिनामा वीरगञ्ज भन्सारबाट मात्रै २० अर्ब ७६ करोड रुपैयाँ पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ।

प्रकाशित: २०८२ पुस २४ गते बिहिबार ०६:२३
प्रतिक्रिया

थप समाचार

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कूल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...

रारा चाउचाउ गुणस्तरहीन, बिक्रीमा लगाइयो रोक

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना